काठमान्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३०४ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ ९ छ । जो रौतहट, इशनाथ न।पा। – २, ३ ६ र ९ निवासी २१, २१ २३, २५, २५, २९, ३० बर्षीय पुरुषहरू र रौतहट माधवनारायण न.पा ३ निवासी २८ बर्षीय महिला हुनुहुन्छ । बारा, करैयामाई ५ निवासी ३८ बर्षीय पुरुष हुनुहुन्छ ।
हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।
Discussion about this post