कोरोना भाईरस अर्थात कोभिड १९ को जोखिमबाट सुरक्षित रहनका लागी कमलबजार नगरपालिका वडा नः ८ ढाँकुले क्वारेन्टाईन ब्यवस्थापनलाई जोड दिएको छ । दिन प्रतिदिन कोरोना भाईरसका संक्रमितहरु बढ्दै जान थालेसंगै भारतबाट पनि जिल्ला भित्रिनेको संख्यामा बृद्धि भएको छ ।
दिनहुँ सयौँको संख्यामा जिल्ला भित्रिनेको संख्या बढ्दै जानथालेपछि यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै वडामा क्वारेन्टाईनको ब्यवस्गथापनलाई जोड दिईएको वडा अध्यक्ष नैन बहादुर बिस्टले जानकारी दिनुभयो । यहि जेष्ठ ११ गते वडा अध्यक्ष नैन बहादुर बिसटको अध्यक्षतामा सरोकारवाला हरुको बैठक बसि वडामा कोरोना भित्रिन नदिन बिभिन्न निर्णयहरु गरीएका बताईएको छ ।
कोरोनाका कारण यतिबेला मानबजाति नै त्रसित भैरहेको समयमा ढाँकुबासि एबम कमलबजार नगरबासि कसैलाई पनि कोरोना संक्रमण हुन नदिन नगरपलिकाले पनि सतर्कता अपानाएको जनाएको छ । हिजो वडा नः ८ ढाँकुको वडा कार्यालयमा बसेको बैठकले क्वारेन्टाईन निर्माण देखि लिएर क्वारेन्टाईनको ब्यवस्थापनका लागी २५ सदस्यीय समिति पनि गठन गरीएको छ ।
वडाका नागरीकहरु भारत तथा जिल्ला बाहिरबाट भित्रिने क्रम बढेकाले उनिहरुको क्वारेन्टाईन बसाईका लागी वडाले वडाभित्र रेहका ३ वटै बिद्यालयमा क्वारेन्टाईन बनाउने निर्णय पनि बैठकले गरेको छ । वडामा रहेको जाल्पादेबि माध्यामिक बिद्यालय ढाँकृु,कालीका आधारभुत बिद्यालय डुंगाला र बण्डाली आधारभुत बिद्यालय पास्तोलीलाई क्वारेन्टाईनका लागी प्रयोग गरीने जनाईएको छ ।
नगरपालिका भित्रिनेलाई पहिला कमलबजार नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिने र नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा ठाउँ अभाब हुन सक्ने देखिएपछि वडाका ३ वटा बिद्यलालयलाई पुर्ब तयारीमा राखिएको वडा अध्यक्ष बिस्टले जानकारी दिनुभयो ।
यस्तै कोरोनाको जोखिम बढेकाले अतिआवश्यक काम बाहेक वडालाई पूर्णरुपमा सिल गर्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो । अतिआवश्यक काम भए सम्बन्धित वडाको सिफारिस बिना आवजावत गर्न निषेध गरीएको पनि बताउनुभयो ।
यदि कोहि वडामा कामका लागी जानै परे वडामा सम्पर्क ब्यक्ति समेत तोकिएको बताईएको छ । जसका लागी वडा अध्यक्ष नैन बहादुर बिस्ट,वडा सदस्य चक्र साउँद,झँकर बिस्ट सँग सम्पर्क गरी जान सकिने जनाईएको छ ।
यसैबिच अर्को वडाबाट वडा नः ८ मा जानुपरेमा ९८६५६२६३२६ मा सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ । यस्तै यो समयमा वडा भित्र कुनै पनि मदिर बेचबिखनमा रोक लगाईएको समेत बताइएको छ । यदि कसैले मदिरा बेचबिखन गर्ने काम गरेको पाईएमा जुनसुकै नागरीकले पनि नियन्त्रणमा लिन सक्ने पनि वडा कार्यालयले जनाएको छ ।
Discussion about this post