सोमबार पुष्टि भएका दैलेखका सातैजना कोरोना भाइरस कोभिड १९ का संक्रमित भारतबाटै आएको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको संक्रमितमध्ये ७ जना दैलेखका थिए । ती मध्ये डुङ्गेश्वर नगरपालिकाका ३ जना, नारायण नगरपालिकाका र गुराँस गाउँपालिकाका दुईरदुईजना रहेका छन् ।
नयाँ पुष्टि भएका तीनै स्थानीय तहका संक्रमितहरु फरफरक समयमा समूहमै भारतका विभिन्न ठाउँबाट एक साता यता गाउँ आएको खुलेको हो ।
नारायण नगरपालिकाका दुईजना पुरुष संक्रमित नगरपालिकाको क्वारेन्टाइनमा २०० जनासँगै बसेको मेयर रतनबहादुर खड्काले जानकारी दिए । क्वारेन्टाइनमै आरडीटी जाँच गर्दा पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर जाँच गरिएको थियो ।
आरडीटी विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको र उनीहरुको पीसीआर विधिबाट जाँच गर्दा पनि दुई जनामा पोजेटिभ देखिएको मेयर खड्काले जानकारी दिए ।पोजेटिभ देखिएका दुवै जनालाई जिल्ला अस्पतालवको आइसोलेसनका राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । उनीहरुसँगै रहेका अरुको भने आरडीटी नेगेटिभ देखिएको थियो ।
हालसम्म नारायण नगरपालिकामा भारत आएका करिब ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आउने क्रम जारी छ । सोमबार मात्रै १४३ आउँदै गरेको मेयर खड्काले बताए ।दैलेखको प्रवेशद्वार गुराँस गाउँपालिका ४ का २४ र २५ वर्षका पुरुष पनि साताअघि फरक(फरक समयमा भारतबाट आएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
सुर्खेत हुँदै दैलेख प्रवेश गर्ने बेला गुराँसेमा आरडीटी विधिबाट जाँच गर्दा पोजेटिभ देखिएपछि गाउँपालिकाले उनीहरुको स्वाब संकलन गरी वीरेन्द्रनगर पठाएको थियो ।वीरेन्द्रनगरको प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला गरिएको पीसीआर जाँचबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।
हाल उनीहरु दुवैजनाको स्वास्थ्य सामान्य रहेको छ । संक्रमितलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान प्रदेश सरकारलाई आग्रह गरिएको अध्यक्ष वलीले बताए । गुरासँ गाउँपालिका दैलेख प्रवेश गर्ने नाका हो । भारतबाट आएका नागरिक यहीँबाट प्रवेश गर्ने भएकोले भिड लागेको अध्यक्ष वलीको भनाइ छ ।
भारतबाट आएर जिल्लाका सबै गाउँपालिकामा जाने नागरिक आफ्नो गाउँपालिका भएर जाने हुँदा जोखिम उच्च रहेको उनले बताए ।हाल गाउँपालिकाले नाकामा आरडीटी विधिबाट जाँच गर्ने गरेको छ ।डुङ्गेश्वर नगरपालिकाका एक महिलासहित ३ जना संक्रमित पनि एक सातअघि भारतकै दिल्लीबाट आएको मेयर नगेन्द्रबहादुर मल्लले जानकारी दिए ।
भारतबाट आएर नगरपालिकाकै क्वारेन्टाइनमा बसेका उनीहरुको पहिलो दिनमै आरडिटी जाँच गरिएको थियो । आरडीटी पोजेटिभ देखिएपछि पीसीआर जाँचका लागि स्वाब संकलन गरी पठाइएका तीनजनामा कोरोना पुष्टि भएको मेयर मल्लले बताए ।कोरोना पुष्टि भएका ३ जनासँग क्वारेन्टाइनमा ३६ जनासँगै थिए ।
सोमबार थप ७ जनाको कोरोना पुष्टि भएसँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ ।यसअघि दैलेखको आठबीसमा कर्णालीकै पहिलो संक्रमित फेला परेका थिए । त्यसपछि पश्चिम सुर्खेतमा एक महिलासहित ३ जनाका पुष्टि भएको थियो । योसहित कर्णालीमा संक्रमितको संख्या ११ पुगेको छ ।
Discussion about this post