कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले ५८ जनालाई क्वारेन्टाइनमा राखेको छ । जेठ ५ देखि १२ गतेसम्म भारत लगायत काठमाडौं र कैलालीबाट आएकाहरुलाई सम्वन्धित वडामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो ।
नगरपालिकाले यसअघिनै प्रत्येक वडामा आधारभुत पुर्वाधार भएका विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको र आवश्यक ब्यवस्थापन गरेर बाहिरबाट आउनेहरुलाई सुरक्षित राख्ने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारिले बताउनुभयो ।
सोडारिका अनुसार वडानम्वर ३ को दय क्वारेन्टाइनमा ६ जना, अछाम बहुमुखी क्याम्पसमा १ जना, कृषि ज्ञान केन्द्रको भवनमा ५ जना, वडानम्वर ६ को मालिका आधारभुत विद्यालयको क्वारेन्टाइन २ जना, वडानम्वर ३ को शिवनिवास आधारभुत विद्यालयमा २३ जनालाई एकान्तबास राखिएको छ ।
यस्तै वडानम्वर ११ को सरस्वती प्राविमा ८ जना, वडानम्वर ९ को मंगला माविमा ५ जना, वडानम्वर १० को कालिका माविमा ४ जना, वडानम्वर १२ को कालिका प्राविमा १ जना र वडानम्वर १४ को अन्नपूर्ण माविमा ३ जनालाई एकान्तवासमा राखिएको उहाले बताउनुभयो ।
क्वारेन्टाइनमा बस्नेहरुका लागि खान, बस्न, लगायतका आधारभूत कुराको ब्यवस्थापन नगरपालिकाले गरेको छ । भारतका विभिन्न सहरहरुमा अलपत्र परेका नगरपालिका भित्रका नागरिकहरुलाई उद्दार गरि नगरपालिकाले १४ वटै वडामा क्वारेन्टाइन बनाएर राख्ने ब्याव्था मिलाएको छ ।
यो अवधिमा ३ हजारभन्दा बढि नागरिकहरु भारतबाट आउने आकल गरेर त्यस अनुसारको ब्यवस्थापन गरिरहेको नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।
कोरोनाबाट आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नका लागि सरकारले तोकेको मापदण्डअनुसार एकान्तवासमा बस्न बोहराले अग्रह गर्नुभयो । यस्तै, मंगलसेन नगरपालिका वडानम्वर ४ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
वडा अध्यक्ष पदम बहादुर धामिको अध्यक्षतामा भएको बैठकले राधा माविलाई ८६ बेडको क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइन ब्यावस्थापनका लागि २ जना स्वयंसेवक समेत छनोट गरिएको छ । यस्तै बैठकले क्वारेन्टाइन आवश्यक सामानको लागि नगरपालिकामा अनुरोध गर्ने निर्णय गरिएको नगरपालिकाका स्टोरकिपर नरेशबहादुर कठायतले बताउनुभयो ।
वडा समिति बैठकमा कार्यपालिका सदस्य मोति कामी, पहफे भुल, नेकपाका नयन बिक, नेपाली काँग्रेसका नरेश धामी, राधा माविका बिब्यस अध्यक्ष गोरख केसि, सोहि बिद्यालयका प्रअ भिबबहादुर बिकको सहभागीता रहेको नगरपालिकाका एमआईएस अपरेटर होम साउदले जानकारी दिनुभयो ।
Discussion about this post