सोमवार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले अछाम जिल्लामा संक्रमित भेटिएको भन्दै गलत सूचना दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र्रवक्ता डाक्टर विकास देवकोटाले नियमित ब्रिफिङमा अछाम जिल्ला अस्पतालमा उपचाररत मेल्लेख गाउँपालिकाका ३२ बर्षीयमा कोरोना पुष्टि भएको भन्दै गलत सूचना दिएका हुन्।
ति संक्रमित ८ गतेदेखि नै सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
उनले ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएका ति युवकलाई आईतवार नै कोरोना पुष्टि भईसकेको जानकारी दिए। उनको अहिले सेती अस्पतालकै आईसोलेसनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए।
Discussion about this post