चन्द्र प्रसाद भाट,श्रावण,६ अछाम । अछामको कमलबजार नगरपालिका वडा नः ६ बिरपथका दान बहादुर शाही उमेरले अहिले ६५ बर्ष पुग्नुभयो । तर काम गर्ने सिलशिलामा उनलाई पाको उमेरको महसुस कहिले पनि हुँदैन । बि.स. २० ५६ सालमा ब्यवशायीक तरकारी खेती सुरु गरेका दान बहादुरको तरकारी खेतिसंगको मित्रता कायम भएको २२ बर्ष पुग्यो ।
आफ्ना बुवाको पालामा कमाउँदै आएको करीब २० रोपनी जमिनमा दानबहादुरले तरकारी खेति सुरु गरेका थिए । २२ बर्षदेखि तरकारी खेतिमै रमाएका दानबहादुर आफ्नो ब्यवशायप्रति दंग छन । यूवा अवस्थामा बिदेश पनि गैयो,उने भने,रगत,पसिना बगाएर कमाएको बिदेशको पैसाले मैले घरखर्च चलाउन सकिँन । त्यसपछि मैले आफ्नै गाउँमा तरकारी खेति सुरु गरेँ । अहिले म आफ्नो पेशाप्रति खुसी छुँ,उनले भने ।
२ सिजनमा तरकारी खेतीबाटै बार्षिक रुपमा झण्डै ८ लाख नगद आम्दानी गर्दै आएका उनको अहिले घरबार सञ्चालन गर्न कुनैपनि किसिमको समस्या छैन । कुराकानीमा शाहीले भने,मैले २२ बर्षदेखी निरन्तर रुपमा तरकारी खेति गर्र्र्दै आएको छुँ । मैले बारीमा काउली,बन्दा,टमाटर,आलु, लगाएतका अन्य तरकरी पनि उत्पादन गर्दै आएको छुँ ।
तरकारी खेतीबाटै दानबहादुरले आफ्ना ३ सन्तानलाई उच्च शिक्षा समेत पढाईसक्नु भएको छ । अहिले उनका छोरा सबै आ–आफ्नो काममा दैनिक ब्यस्त देखिन्छन । दानबहादुरका जेष्ठ सुपुत्रले मास्टर तहको पढाई पुरा गरी अहिले बुवाको काममा सघाउनुका साथै जिल्लामा क्रियाशिल राजनीतिमा पनि दख्खल राख्छन । उनले भने,मेरो माईलो छोराले आईएड सम्मको अध्ययन पुरा गरी अहिले सफल ब्यवशायी बन्न सफल भएको छ । भने शाहीका कान्छा छोरोले लोकसेवा आयोग उत्तिण भई राष्टिय बाणिज्य बैँकमा कार्यरत छन ।
सफल तरकारी ब्यवशायीको रुपमा परीचित शाहीले अहिले तरकारी बारीमा एकजना स्थानियलाई रोजगार प्रदान गर्नुभएको छ । उनले भने,मैले गाउँकै एकजना लाई रोजगारी उपलब्ध गराएको छुँ । उनले काम गर्छन । संगै मैलेपनि उनलाई काममा सघाउने गरेको छुँ । आफुमात्रै नभएर छोराहरुले पनि बेलाबेलामा आफुलाई सघाउने गरेको उनले बताए ।
यति ठुलो मात्रामा तरकारी खेती गर्नुभएका शाही तरकारीमा कहिले पनि रासायनीक मल भने प्रयोग गर्नुहुन्न । घरमै उत्पादन गरीएको गोठे मलको प्रयोग गरी ताजा तरकारी उत्पादन गर्दै आउनुभएका शाहीले अहिलेपनि ४ वटा भैँसी,३० बाख्रा,१ हल गोरुपनि पाल्नुभएको छ । घरमै उत्पादन गरीएको गोठेमलले तरकारी खेतिमा राम्रै उत्पादन दिन्छ,शाहीले भने,त्यसैले मैले कहिलेपनि बजारको रासायनीक प्रयोगमा ल्याउँदिन । तरकारी खेतीमा केहि रोग लाग्दापनि बिभिन्न जडिबुटिबाट औषधि उत्पादन गरी रोग नियन्त्रण गर्नुहुन्छ दानबहादुर ।
यति पाको उमेरमा पनि लगनशिल भएका शाहीले स्थानिय सरकारबाट कहिलैपनि अनुदानका कार्यक्रमहरु पाउनुभएन । उनले गुनासो गर्दै भने,म यति पाको उमेरमा पनि काम गरीरहेको छुँ । किसानका लागी स्थानिय सरकारले अनुदानको ब्यवस्था गरीएको छ भन्ने कुरा स्थानिय सरकारको यो भाषण मात्रै रहेछ । मैले लाखौँको लगानी गरेर ब्यवशायीक तरकारी खेती गरीरहेको छुँ,उनले भने,सरकारको अनुदान बास्तविक किसान समक्ष पुग्न सकेको छैन ।
उनले अघि थपे,म मात्र होईन अन्य किसान दाजुभाईहरुले अनुदानका कार्यक्रमहरु पाउन सकेका छैनन । सरकारको अनुदान कार्यक्रतामुखी भएको उनले बताए । अहिलेका जनप्रतिनिधिहरुले वास्तविक किसानहरु समक्ष कार्यक्रमहरु पुर्याउन नसकि कार्यक्रता रिझाउन अनुदानका कार्यक्रम वितरण गरीरहेका शाहीको भनाई छ ।
जसका कारण जिल्लामा ब्यवशायीक तरकारी खेतीमा लाग्ने किसानको संख्या कम हुँदै जाने देखिन्छ । स्थानिय सरकारका जनप्रतिनिधिहरुले तेरो र मेरो नभनि वास्तविक किसान समक्ष यस्ता कार्यक्रमहरु लिनसके जिल्लाको कृषिक्षेत्र पनि फस्टाउने निश्चित छ । कृषिमा क्रान्ति गर्न स्थानिय सरकारले यूवा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्न सकेपनि जिल्लाको कृषिपेशा सुढृड हुनुका साथै यूवा बेरोजगारी पनि कम हुने थियो । सरकारले युवाहरुका मागहरु सम्बोधन गर्न नसक्दा दैनिक यूवाहरु जिल्लाबाट बाहिरिन बाध्य भैरहेका छन ।
Discussion about this post