चन्द्र प्रसाद भाट,अछाम । अछाममा एक महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाको मंगलसेन नगरपालिका वडा नः ६ सिस्नेडी घर भएकी ७० बर्षिया दुरा भण्डारी मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले जानकारी दिएको छ ।
वडा नः ६ को ठुलासैन बजारस्थित स्थानिय पाना भण्डारीको घरमा बुधबार सुतेकी दुरा बिहिबार मृत अवस्थामा फेला परेकी जिला प्रहरी कार्यालय अछामका प्रमुख तुलसीराम अर्यालले बताए ।
बुधबार साँझ खाना खाएर सुतेकि उहाँ बिहिबार अबेर सम्म नउठेपछि खबर गर्दा मृत अवस्थामा भेटिएकी अस्थाई प्रहरी पोष्ट ठुलासैनका ईन्चार्ज प्रहरी हवल्दार दान सिँह महराले जानकारी दिए । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
Discussion about this post