Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

अछाममा भौतिक उपस्थितिमै बिद्यालय सञ्चालन,स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने

101
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,भाद्र २५ गते,अछाम : जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र डिसिसिएमसि अछामले भाद्र २२ गते जिल्ला स्थित सरोकारवालाहरु संगको संयूक्त बैठकबाट जिल्लाका बिद्याललयहरु सञ्चालन गर्ने निर्णय गरेपछि अहिले जिल्लाका सामुदायिक तथा सँस्थागत बिदालयहरु धमाधम सञ्चालन हुन थालेका छन ।

बिभिन्न स्थानिय तहहरुले आफ्नो पालिकामा शिक्षा समितिको बैठक राखि बिद्यालयहरु सञ्चालन गर्न लागका हुन । लामो समयसम्म बिद्यालहरु सञ्चालनमा नआउँदा बिद्यार्थिहरुमा नकारात्मक असर पर्दै भएको थियो ।
पछिल्लो समय अछाम जिल्लमा कोरोनाको महामारी कम हुँदै गएको भन्दै बिद्यालयहरु सञ्चालनमा आउन थालेका छन । जस अन्तरगत आज कमलबजार नगरपालिकामा बसेको नगरस्तरीय शिक्षा समितिले बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहिबार नगरपालिका कार्यालयमा बसेको शिक्षा समतिको बैठकले यहि भदौ २८ गते सोमबार बाट नगर क्षेत्रभित्रका सबै बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरीएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिस्टले जानकारी दिनुभयो ।

सुदूर दर्पण डटकम अनलाईन पत्रिका संग कुरा गर्दै अधिकृत बिस्टले कमलबजार नगरपालिकामा कोरोनाको संक्रमण दरमा कमि आएकाले स्वास्थ्यका मापदण्डहरु अवलम्बन गर्दै भौतिक रुपमै बिद्यालय सञ्चालन गर्ने निर्णय गरीएको उहाँले बताउनुभयो । बिद्यालय सञ्चालन गर्ने निर्णय गरी प्रत्येक वडा कार्यालयमा निर्णय पठाईसकिएको बिस्टको भनाई छ ।

बिद्यालय सञ्चाल हुँदा बिद्यालयमा प्रत्येक दिन बिद्यार्थि तथा शिक्षकको उपस्थिति र उनिहरुको स्वास्थ्य अवस्थाका बारेमा रीपोटिंग गर्न बिद्यालयमा कार्यरत उच्चतम तहको शिक्षकलाई बिद्यालयले जिम्मेवारी दिनुपर्ने लगाएतका निर्णयहरु गरिएका उहाँको भनाई छ ।

यस्तै अछामको साँफेबगर नगरपालिकाले बिहिबारबाटबिद्यालयहरु सञ्चालनमा आएका छन । कोरोनाको संक्रमण दरमा कमि आएको भन्दै स्वास्थ्य सर्तकता अपनाउँदै बिद्यालयहरु स्ञ्चालन गर्ने निर्णय गरीएको नगरपालिका प्रमुुख कुल बहादुर कुँवरले जानकारी दिनुभयो । साँफेबगर नगरपालिकामा आजबाट बिद्यालयहरु सञ्चालनमा आईसकेका छन ।

मंगलसेन नगरपालिकामा पनि बिद्यालयहरु भौतिक उपस्थितिमै सञ्चालन गरीएका छन । उता ढकारी गाउँपालिकामा पनि भौतिक रुपमै बिद्यालयहरु सञ्चाल भैरहेका कालीका माध्यामिक बिद्यालय हिच्माका शिक्षक सर्प बहादुर बिस्टले बताउनुभयो । यस्तै जिल्लाका अन्य पालिकाहरुले पनि नियमित रुपमा बिद्यालयहरु सञ्चालन गर्ने तयारी थालेका छन । भौतिक रुपमै बिद्यार्थिहरुलाई सहभागी गराएर पठनपाठन सुरु गर्ने तयारी भैरहेको बताइएको छ ।

Previous Post

अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

Next Post

काँग्रेस कमलबजारको सभापतीमा भण्डारी चयन

Next Post

काँग्रेस कमलबजारको सभापतीमा भण्डारी चयन

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4297 shares
    Share 1719 Tweet 1074
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3454 shares
    Share 1382 Tweet 864
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3302 shares
    Share 1321 Tweet 826
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3058 shares
    Share 1223 Tweet 765
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2496 shares
    Share 998 Tweet 624
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2312 shares
    Share 925 Tweet 578
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2157 shares
    Share 863 Tweet 539
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2139 shares
    Share 856 Tweet 535

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal