अछाम २ असोज । आठौं राष्ट्रिय परिवार योजना दिवस २०७८ मंगलसेन नगरपालिकामा मनाइएको छ । “कोभिड १९ को महामारी, परिवार योजना सेवामा सबैको पहुँच बराबरि” भन्ने मुल नारा सहित औपचारीक कार्यक्रम सहित दिवस मनाईएको हो ।
कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोग, यसको प्रयोगबारे मंगलसेन नगरपालिकाको वर्तमान अवस्था लगायतका बिषयमा छलफल गरिएको थियो ।
नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि रावलले परिवार नियोजनका साधनका बारेमा सबैलाई थाहा भएपनि अझै प्रयोग दर बृद्धि हुन नसकेकाले सबैले प्रयोग दर बढाउन भुमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको अवसरमा मंगलसेन नगरपालिकामा प्रत्येक १०० दम्पतिमा ३२ जनाले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको तथ्यंक नगरपालिकाका स्वास्थ्य संयोजक मानबहादुर सोडारीले सार्वजनिक गर्नुभएको थियो ।
जस अन्तरगत प्रति १०० जनामा २३ जनाले कण्डम प्रयोग गर्ने गरेका, नगरपालिका भरिमा जम्मा २९० जनाले पिल्स, ६७२ जनाले डिपो, ८५ जनाले आयुसिडि र ईम्प्लान्ट १ हजार २९ जनाले प्रयोग गरिरहेको सोडारीले जानकारी दिनु भयो ।
गत वर्षको तुलनामा परिवार नियोजन साधनको प्रयोगकर्ता बढ्दै गएको पाईएको छ । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष पदम सिंह भाट, कार्यपालिका सदस्य पारु नगार्जि, जिल्ला अस्पताल अछामका नर्सिङ ईञ्चार्ज गंगा बुढामगर, युएनएफपिए अछामका प्रमुख भरत गोतामे, पत्रकार, महिला स्वास्थ्य स्वंयम सेविकाको सहभागीता रहेको थियो ।
Discussion about this post