सुदूर संम्वाददाता,कार्तिक ७ गते अछाम ।अछाममा बाघको आक्रमण बाट एकजना घाईते भएका छन । घाइते हुनेमा जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर २ चौखणीका ३२ वर्षीय वीरबहादुर साउँद रहेको वडा अध्यक्ष नारायण साउँदले बताए।
शुक्रबार विहान ८ बजे आफ्नो खेतमा काम गर्न गएको समयमा बाघले आक्रमण गरेको अध्यक्ष साउँदको भनाई छ ।
घाइते साउँदको कोहलपुरमा उपचार भइरहेको पारीवारीक स्रोतले जनाएको छ । पछिल्लो समय अछाम जिल्लाका बिभिन्न भुभागहरुमा जङ्गली जनावरहरुको आक्रमण बाट घाईते हुनेहरुको सँख्या बृद्धि हुँदै गएको पाइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय अछामले जङ्गलमा जाँदा एक्लै नजान पनि आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक गंगादत्त बडुले यो समयमा साथिको सहायतामा वनतिर जान समेत सुझाव दिनुभयो।
Discussion about this post