Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

Photo By Sudurdarpan.om

Photo By Sudurdarpan.om

3.5k
SHARES
5.3k
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,कार्तिक ८ अछाम । अछामको कमलबजार नगरपालिका वडा नः ५ का रेशमराज तिमिल्सैना बेपत्ता भएको १ हप्तासम्म पनि अवस्था थाहा हुन नसकेको भन्दै आज गैरीटाँड बजार बन्द गरीएको छ ।

आज बिहान १० बजेदेखि बन्द गरीएको बजार केहि समय खुलेपनि फेरी बन्दलाई निन्तरता दिएको पाइएको छ । मंगलसेन बाट गएका तिमिल्सैना गैरीटाँड बजार स्थित एक पसलमा २ दिनसम्म बसेको र सोहि पसलबाट बेपत्ता भएका थिए ।

बेपत्ताको खोजिकार्य तिब्र पार्नका लागी दबाब स्वरुप बजार बन्द गरी नाराबाजी गर्नुपरेको कमलजबार नगरपालिका वडा नः ५ का स्थानिय सत्यराज तिमिल्सैनाले बताउनुभयो ।

यातायातका साधनहरु बन्द गरी यात्रुहरुलाई दुःख दिने आफुहरुको उदेश्य नभएको भन्दै उहाँले खोजि कार्य तत्काल सुरु गर्न दबाब दिइएको बताए । लामो समयसम्म बेपत्ता भएका तिमिल्सैनाको अवस्था अहिले सम्मपनि अज्ञात रहेको छ ।

बेपत्ता भए लगत्तै आफुहरुले पनि खोजिका लागी पारीवारीक पक्षले प्रहरी समक्ष तत्काल खबर नगर्नु आफुहरुको कमजोरी भएको स्विकार्दै तिमिल्सैनाले अहिले प्रहरी जाहेरी पनि दिसकेको भन्दै स्थानिय र प्रहरीको टोलीले बेपत्ताको खोजिकार्य सुरु भैसकेको उहाँले रेडियो गाउँघर संग बताउनुभयो । अहिले खोजि कार्यका लागी प्रहरी प्रशासनबाट पनि सकारात्मक सहयोग भैरहेको उहाँको भनाई छ ।

यस्तै आज दिउँसो गैरीटाँड बजारमा सम्पुर्ण यातायातका साधनहरु ठप्प पारी बजारमा नागराबाजी गरीएको थियो । बेपत्ता भएको लामो समयसम्म पनि खोजिकार्य सुरु हुन नसकेको भन्दै बेपत्ताको खाजिकार्य तत्काल सुरु गर,पिडितलाई न्याय दे,अपराधि पत्ता लगाई कारबाही गर,अपाराधिक क्रियाकलाप बन्द गर लगाएतका नाराहरु लागइएका थिए ।

बेपत्ता तिमिल्सैनाको खोजीका लागी दबाब दिँदै गरीएको बजार बन्दले सावारीमा आवतजावत गर्ने यात्रुहरु अलपत्र परेका छन । मध्यान्न १२ बजे केहिबेरका लागी रोकिएका यात्रुहरुलाई गन्तब्यमा जान दिइए पनि फेरी पनि बन्दलाई जारी राखिएको छ ।

बजार लगाएत यातायातका साधनहरु ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ । यता जिल्ला प्रहरी कार्यालय अछामको एक टोलीले घटनास्थल पुगेर खोजीकार्यका साथै अनुसन्धानको काम पनि सुरु गरेको छ । बजार तथा जङ्गल क्षेत्रमा स्थानियको सहयोग लिएर खोजी कार्य सुरु गरीएको र घटनाको बारे अन्य कोणबाट पनि अनुसन्धान भैरहेको अछाम प्रहरीका प्रमुख तुलसीराम अर्यालले बताए ।

साथै बेपत्ता घटनाको बारेमा जानकारी लिन बजारमा ब्यवशाय गर्दै आएका केहि ब्यक्तिलाई सोधपुछका लागी जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि…..
७ दिन देखि बेपत्ता नेपाली काग्रेस अछाम क्षेत्र नंबर २ अंतर्गत क्षेत्रीय प्रतिनिधि चेतनाथ जैशी मृत भेटिएका छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ खेताडा निवासि जैशी आफ्नै गाउँ नजिकै सिमसल्ली भन्ने ठाउँमा मृत भेटिएका स्थानिय प्रकाश भण्डारीले बताए । मृत भेटिएका जैशी ३ गते राती १२ बजे घर बाट निस्के देखि घर परिवारको सम्पर्कमा आएका थिएनन् ।उनको मृत्यु के कति कारणले भएको हाे भन्नेबारे जानकारी खुल्न सकेको छैन ।

Previous Post

अछाममा बाघको आक्रमणबाट एकजना घाइते

Next Post

अछाम प्रशासनमा दरबन्दीका कर्मचारी आएनन्,नियमित सेवा दिन चुनाैती

Next Post
जिल्ला प्रशासन कार्यालय अछाम

अछाम प्रशासनमा दरबन्दीका कर्मचारी आएनन्,नियमित सेवा दिन चुनाैती

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4297 shares
    Share 1719 Tweet 1074
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3454 shares
    Share 1382 Tweet 864
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3302 shares
    Share 1321 Tweet 826
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3058 shares
    Share 1223 Tweet 765
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2496 shares
    Share 998 Tweet 624
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2312 shares
    Share 925 Tweet 578
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2157 shares
    Share 863 Tweet 539
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2136 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal