चन्द्र प्रसाद भाट,कार्तिक ११ अछाम । जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभाब हुँदा सेवाग्राहि लाई समयमै सेवा प्रदान गर्न समस्या सिर्जना भएको छ । कार्यालयमा एकजना प्रमुख जिल्ला अधिकारी र एकजना सहायक प्रमुख जिल्ला अधिकारी रहेकोमा अहिले सहायक प्रमुख जिल्ला अधिकारी सरुवा भएपछि कार्यालय बाट प्रदान गरीने सेवाहरु प्रदान गर्न केहि समस्या भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
समयमै सेवा नपाउँदा सेवाग्राहि हरुले गुनासो गरेका छन । जिल्लाको बिकट स्थानहरु बाट सेवा लिन जिल्ला सदरमुकाम आएपनि समयमै सेवा पाउन नसकेको भन्दै उनिहरुले गुनासो गरेका हुन । अछामको पंञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा बाट नागरिकता बनाउन आएका हस्त बहादुर नेपाली दुईदिन मंगलसेन बस्नुभयो । समयमै सेवा नपाएको उनको गुनासो छ ।
नागरिकताको प्रतिलिपी लिन दुईदिन अघि मंगलसेन आएको हुँ,उनले भने, लामो पर्खाइपछि नागरिकताको प्रतिलिपि पाएँ । सेवा निकै ढिलोगरि पाएको भन्दै उहाँले आफुजस्ता विकट ठाउबाट आएकाहरुलाई निकै सास्ती हुने गरेको बताउनुभयो । मंगलसेन आसपासका नागरिकलाई सहज हुनेगरे पनि आफु जस्ता विकट ठाउका नागरिकका लागि भने यसरी सवा दिईदा समस्या हुने गरेको नेपालीको भनाई छ ।
हामी टाढाबाट सेवालिन जान्छाँै सम्बन्धित ठाउमा समयमै सेवा पाईदैन । उनले अगाडी थपे,आउन जान धेरै खर्चहुन्छ । काम भएन भने मंगलसेनमै बस्नुपर्छ यसरी दुईदेखि तिन दिन लगाएर नागरिकता बनाएमा प्रति ब्यक्ति ३ हजार देखि ४ हजार सम्म खर्च हुने गरेको नेपालको दुखेसो छ ।
दिनभरी नागरिकताको प्रतिलिपि लिन लाइनमा बसेका हस्त नेपालीलाई घर जाने गाडी नपाईने पिरले सताएको थियो । आफुहरुलाई अरु जानकारी नभएको र सेवा ढिलोगरि पाउदा भने निकै नराम्रो लागेको गुनासो गर्दै जिल्ला प्रशासन कार्यालय जस्तो कार्यालयले प्रदान गरिने सेवाहरु छिटो छरितो हुनुपर्ने ठाउमा सबैभन्दा ढिलो सेवा प्रशासन बाट हुन थालेपछि यसबाट नागरिकहरु मर्कामा परेका अर्का सेवाग्राही धर्म बहादुर शाहीले बताउनुभयो ।
आफुहरुनिकै टाढा बाट नागरिकता बनाउन आयौ यता निकै ढिलोभयो आफ्नो पिडा बुझ्ने कोहीपनी नभएको भन्दै उहाले प्रशासन जस्तो कार्यालयमा कर्मचारीको अभावहुनु राम्रो कुरा नभएको बताएका छन । अहिले जिल्ला प्रशान कार्यालय अछाम बाट दैनिक एकसयको हाराहारीमा नागरिकता वितरण हुनेगरेको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।
नागरिकता संग संगै राहधानी समेत संगै वितरण भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए । प्रमुख जिल्ला अधिकारी मल्लले अहिले एक जनाले मात्रै नागरीकता जारी गर्न,राहधानी सिफारीस गर्न चुनौती रहेको बताउनुभयो । पहिलेको तुलनामा अहिले कार्यालयमा सेवाग्राहि बढि आउने गरेकाले पनि समस्या सिर्जना भएको उहाँको भनाई छ ।
दशै तिहारको समयमा गाउँमा धेरै मान्छेहरु आउने र उनीहरु अहिले नागरिकता र राहधानी बढि बनाउने भएकाले पनि सेवाग्राहीहरु बढेपछि थप समस्या सृजना भएको उनकोे भनाई छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा उहाँको काम पनि प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने भएका कारणले पनि चुनौती थपिएको उहाँको भनाई छ । जिल्लाको शान्ती सुरक्षा लगाएत अपराध जन्य क्रियाकलाप नियन्त्रण गर्न पनि एक्लैले काम गर्नुपर्ने भएका कारण समस्या भएको उहाँको भनाई छ ।
तर यति हुँदाहुँदै पनि आफुले सबैसंग सहकार्य गर्दै सबैकामहरु गरीरहेको बताउनुभएको छ । यी सबै कामहरु गर्न चुनौती भएपनि चुनौतिलाई सामना गर्न आफु लागीपरेको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो । जिल्लाको प्रहरी प्रशासन,कर्मचारी प्रशासन,जनप्रतिनिधि लगाएत सबै पक्षसंग सहकार्य गर्दै काम गर्दै आएको मल्लको भनाई छ ।
कर्मचारी अभाबमा सेवाग्राहि हरुलाई समयमै सेवा दिन कठिनाई भएपनि रित्तो हात भने कसैलाइ नफर्काएको उहाँको भनाई छ । कार्यालय समयभित्र आउने जुनसुकै सेवाग्राहि हरुलाई सेवा दिएरै पठाउन मातहतका कर्मचारी लाई निर्देशन गरेको उहाँको भनाई छ ।
Discussion about this post