अछामः मंगलसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा तरकारीका बिउबिजन बितरण कार्य सुरु गरेको छ । नगरपालिका कृषि शाखाको कार्षिक स्वीकृत कार्यक्रम अन्तरगत नगरक्षेत्रभरीका कृषकहरुका लागि बिभिन्न जातका तरकारीका बिउँ खरिद गरि बितरण सुरु गरेको हो ।
नगरपालिका मार्फत मौसमी तथा बेमौसमी तरकारीको बिउँ खरिद गरि नगरको कृषि विकास शाखा मार्फत वितरण भैरहेको निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायाले बताउनुभयो । किसानहरुलाई उन्नत जातका तरकारी लगाई आत्मनिर्भर तथा स्वरोजगार बन्नका लागि उत्प्रेरित गर्नका लागि ५० प्रतिशत अनुदानमा बिउँ उपलब्ध गराईएको उहाँको भनाई छ ।
तरकारीका बिउबिजनहरुमा काँक्रा, तितेकरेला, फर्सि, लौका, सिमि, भिन्टी, मुला, काउली बन्दा खुर्सानी लगायत खरिद गरि ल्याईएको कृषि प्राविधिक कैलाश कुमार साउदले बताउनुभयो ।
५० प्रतिशत अनुदानमा प्रति प्याकेट काँक्रा भक्तपुरे रु ६०, काँक्रा F1-२००, फर्सी F1 २००, तिताकरेला F1 १५०, लाैका- ७५, टमाटर सृजना १७५, तनेबाेडि २५, सिमि २५, भिण्डी ३०, मुला ४०, काउली हाईब्रिड २५०, बन्दा २२५, भन्टा ५०, भेडेखुर्सानि १२५, अकबरे खुर्सानी ८० र खुर्सानी NS-1701 २५० मा वितरण भैरहेको कृषि शाखा प्रमुख कृष्णा जैशीले बताउनुभयो ।
बिउबिजन नगरको कृषि शाखामा आएर लिन सकिने तथा सम्वन्धित वडा कार्यालयमा कृषि प्राविधिकलाई सम्पर्क गरि लिन सकिने नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो । मंगल खबरबाट
Discussion about this post