असार ३०,कैलाली । कैलालीको भजनी नगरपालिकाले अस्थायी र करार कर्मचारीलाई काम गर्नमा रोक लगाएको छ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अस्थायी र करार कर्मचारीहरुलाई रोक लगाएको हो।
नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेशसमेत दिएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन भनिएको छ।
सूचनामा थपिएको छ, ‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९/०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’ दिनेश खबरबाट
Discussion about this post