टेक बहादुर थापा,अछाम । अछामको मङ्गलसेन नगरपालिकाले भाद्र ३१ गते राती परेको अविरल वर्षाले पु¥याए को क्षति गरेको विवरण संकलन गर्ने भएको छ । नगरपालिकाका १४ वटै वडामा भौतिक लगायत खाद्यान्नमा ठुलो क्षति पु¥याएका ले सबै वडाको विवरण संकलन गरिने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख बोहराले यो बाढिले नगरवासीले ठुलो क्षति ब्यहोर्नु परेकाले सबै वडाको क्षतिको विवरण संकलन गर्नका लागि वडा र कृषि प्राविधिकहरूलाई निर्देशन दिई सकेकाले चाँडै विवरण संकलन गरि किसानहरूलाई उचित राहतका लागि पहल गरिने उनले बताए ।
नगरपालिकाका अधिकांश वडाहरूमा सहज जान सकिने अवस्था नरहेकाले स्थलगत रूपमै गएर अनुगमन गर्न नपाएको नगर प्रमुख बोहराको भनाई छ । आफू पनि नगरका १४ वटै वडामा पुगेर किसानका गुनासोहरू सुन्ने योजना बनाएकाले सोही ढंगले नगरपालिकाले योजना बनाएको नगर प्रमुख बोहराले बताउनुभयो । अहिले सिंगो जिल्ला शोकमा रहेकाले यो विषम परिस्थितिमा नआत्तीकन बस्न नगरवासीलाई अनुरोध गर्दै नगर प्रमुख बोहराले राहतका लागि कुनै चिन्ता नगर्न समेत अनुरोध गर्नुभएको छ ।
दशैँको मुखमा सडकहरू भत्किएर ठुलो रकम खर्च हुने देखिएकाले दशैँ अगाडि नै १४ वटै वडाका सडकहरू मर्मत गरिसक्ने पनि उनको भनाई छ । किसानले क्षतिको विवरण संकलन गरि उनीहरूको परिवारमा भएको क्षतिको आधारमा राहत दिइने बताइएको छ ।
Discussion about this post