कार्तिक २३ , अछाम : स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका कमलबजार नगरपालिका वडा नः ८ ढाँकु का पूर्व वडा अध्यक्ष नैन बहादुर बिष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज कमलबजारको खुलामञ्चमा भएको नेकपा एमालेको चुनावी आमसभामा एमालेका केन्द्रिय सदस्य निवर्तमान सांसद यज्ञ बहादुर बोगटीले वडा अध्यक्ष बिस्ट लाई एमालेमा स्वागत गरेका हुन ।
२०७४ सालमा कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका बिस्ट ले आफ्नो ५ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए । बिष्ट वडा अध्यक्षमा निर्वाचित हुँदा वडाका अरु पदाधिकारी भने नेकपा एमालेबाट निर्वाचित भएका थिए । वडामा अल्पमतमा आफू हुँदा पनि बिस्ट ले सबैलाई समेटेर बिना विवाद आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको थियो ।
पछिल्लो समय पार्टीबाट असन्तुष्ट रहेका नेता विष्ट ले नेपाली काँग्रेस पार्टी बिपि को सिद्धान्तमा अडिग नरही मनपरी तरिकाले चल्न थालेको भन्दै आफू यसको विपक्षमा रहेको बताए । आफू बिपि को एक सच्चा कार्यकर्ता रहेको भएपनि पार्टीको नेतृत्वले पछिल्लो समय गर्दै आएको गतिविधिप्रति आफू असन्तुष्ट भएकाले अन्तिममा आएर पुष्पलालको सिद्धान्तमा रहि काम गर्न चाहेको समेत उनले बताए ।
नेता विष्ट ले नेपाली काँग्रेस पार्टी भित्रका केही अवसरवादी नेताहरूको कार्यशैली प्रति आफ्नो चित्त नबुझेकाले पार्टी परित्याग गरेको उनको भनाई छ । अबका दिनमा नेकपा एमालेको निति , सिद्धान्त र विधि विधानमा रहि प्रतिबद्ध तरिकाले पार्टीका काममा सक्रिय बन्ने उहाँको प्रतिबद्धता छ । पुर्व वडा अध्यक्ष बिष्ट नेपाली काँग्रेसका महासमिति सदस्य गणेश बहादुर बिष्टका विश्वास पात्र मानिन्छन ।वडा अध्यक्ष बिष्ट सहित विभिन्न पार्टी परित्याग गरि करिब २ दर्जन कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन ।
Discussion about this post