फरक खबर । संविधानसभा सदस्य भैरे कामीले समाजमा हुने विभिन्न किसीमका हिंसाको अन्त्यगरि सभ्य समाज निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनु भएको छ ।
२१ औ शताब्दीमा पनि गाउँघरमा महिला, बालबालिका, दलित र पछाडी पारेका समुदाय माथि हिंसा र दमन भईरहेकाले यस्ता गलत प्रवृतिको अन्त्य गरि सभ्य र समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
नगरपालिकाको न्यायिक समितीद्धारा वडा न ७ मा आयोजना गरिएको सचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै संविधानसभा सदस्य कामीले गलत कार्यले गाउ समाजको विकास नभई एक अर्का विच मनमुटाव मात्रै बढ्ने भएकाले वडा न ७ लाई नमुना वडा बनाउन सृजनशिल कार्यहरु गर्दै नगरकै नमुना वडाका रुपमा परिचित गाउन सुझाव दिनुभएको थियो ।
नगरपालिकाको न्यायिक समितीले सचेतनामुलक सडक नाटक मार्फत समाजमा राम्रो सन्देश दिएको हुदा आगामी दिनमा समुदाय स्तरमा सकारात्मक सन्देश दिने रचनात्मक गतिविधि गर्न समेत सुझाव दिनुभएको थियो ।
नागरिक सचेत भएमा यस्ता विकृति विसंगतीको अन्त्य हुने भएकाले सचेतिकरणको पाटो सबैभन्दा महत्वपूर्ण हुने उहाको विश्वाश छ । अहिले गाउँ गाउँमा सरकार हुदा हरेक समुदायका नागरिकलाई सहज भएको भन्दै संविधानसभा सदस्य कामीले आफु माथि भएको अन्याय र अत्याचारको बारेमा आफ्नो नजिकको सरकारमा आएर उजुरी दिने बानीको समेत विकास भएको बताउनुभयो ।
पहिलेको जस्तो अवस्था अहिले नभएकाले अन्यायमा परेका नागरिकलाई स्थानीय स्तरबाटै न्याय दिने काम भईरहेको उहाको भनाई थियो ।
कार्यक्रममा बिशिष्ट अतिथीको आशनबाट बोल्दै मंगलसेन नगरपालिकाका उप प्रमुख तथा न्यायीक समितीका संयोजक संगीता रावल सोडारीले महिला तथा बालबालिकालाई लक्षित गर्दै न्यायीक समितिले सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम अगाडी सारेको बताउनुभयो । अहिले पनि समुदाय स्तरमा रहेका महिलाहरुको अवस्थामा अपेक्षाकृत ढंगले सुधार हुन नसकेको भन्दै महिलाहरु आर्थिक र सामाजिक रुपमा पछि परेको उहाको भनाई छ । आफ्नो नगरका महिलाहरुको साथमा आफु जहिले पनि रहने भन्दै उहाले आफुलाई समस्या परेको बेला कुनै अफ्ठेरो नमानी सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो । नगरका जुनसुकै वडाका महिला माथि हिंसा भएपनि सबै वडाका महिलाहरु एकजुट भएर त्यसका विरुद्ध आवाज उठाउनुपर्ने नगर उप प्रमुख सोडारीको भनाई छ ।
Discussion about this post