काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पूर्वसहमतिबाट पछि हट्दै राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने लभगभ निश्चित भएसँगै एमाले वैकल्पिक तयारीमा जुटेको छ । राष्ट्रपतिको चुनावको बहानामा गठवन्धन भत्काउने र अस्थिरता पैदा गर्ने गरी बाह्य चलखेल बढेपछि त्यसलाई असफल पार्न विभिन्न विकल्पमा छलफल भइरहेको पार्टी स्रोतले बतायो ।
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सरकार गठनलाई लिएर विभिन्न सहमति भएका थिए । त्यसमध्येको एउटा सहमति एमालेले राष्ट्रपति पाउने भन्ने थियो । तर, कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत हालेसँगै राजनीतिको कोर्स फेरिएको छ ।
चुनावअघिसम्म निकै तिक्ततापुर्ण सम्वन्ध रहेका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच पछिल्लो समय सम्वन्धमा सुधार आउन थालेको स्रोतको भनाइ छ । दुई नेताबीच दुई दिनअघि गोप्य भेटसमेत भएको थियो । महाराजगञ्जको एउटा घरमा उनीहरुबीच राष्ट्रपति चुनावकै सन्दर्भमा भेटवार्ता भएको पार्टी स्रोतले बतायो । नेपाल प्रेसबाट
Discussion about this post