Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

गणतन्त्र दिवसको पुर्व सन्ध्यामा वक्तित्वकला प्रतियोगिता सम्पन्न

104
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट, १४ जेष्ठ अछाम : अछाम बहुमुखी क्याम्पसको आयोजना र मङ्गलसेन नगरपालिकाको आर्थिक सहयोगमा गणतन्त्र दिवसको अवसर पारि आयोजना गरिएको वक्तित्वकला प्रतियोगिता कार्यक्रम अछाम बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । २०६५ साल जेष्ठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष जेष्ठ १५ गते गणतन्त्र दिवस मनाइदै आएको छ । 

सोही अवसरमा आज क्याम्पसमा गणतन्त्र कार्यान्वयनमा युवाहरूको भूमिका विषयक वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । क्याम्पस प्रमुख छत्र बहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । 
नेपालमा राणा हुँदै राजालाई सत्ताबाट बर्हिगमन गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिलाई जनताको सेवामा लाग्न प्रेरित गर्ने उद्देश्यले स्थापना भएको गणतन्त्रको सफल कार्यान्वयनमा युवाहरूको अमूल्य भूमिका रहने भन्दै युवाहरू सक्रिय बन्नुपर्ने सहभागीको भनाई थियो । गणतन्त्रका कारण जनताका छोराछोरी राज्य सञ्चालन गर्न सफल भएको भन्दै गणतन्त्रको गरीमा बढाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको सहभागीले बताएका छन ।

 
देशमा ठुल्ठुला विकासका पूर्वाधारहरू देखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातायातका क्षेत्रमा ठूलो प्रगति भएको भन्दै गणतन्त्रले देशलाई परिवर्तन गर्न सराहनीय भूमिका खेलेको उनीहरूले बताएका छन । १० वर्षे जनयुद्ध र २०६२ / ६३ को १९ दिने जनआन्दोलनबाट हजारौँ नेपाली जनताको छोराछोरीले ज्यानको बलिदान गरि ल्याएको यो व्यवस्थालाई जीवित राख्न अहिलेको युवा जनशक्ति तयार हुनुपर्ने सहभागीले भनाई राखेका थिए । काठमाण्डौमा सीमित सिंहदरबार अहिले जनताले घरमै देख्न पाउनु पनि गणतन्त्रको उपलब्धि भएको बताएका छन ।

कार्यक्रममा सहभागीहरूले गणतन्त्रले धेरै उपलब्धि भएको भएपनि अझै गणतन्त्रको सही कार्यान्वयन नभएकाले यसलाई पूर्ण कार्यान्वयन गर्न देशको युवाशक्ति एकजुट हुनुपर्ने बताएका थिए । अहिले दैनिकरूपमा हजारौँको सङ्ख्यामा युवाहरूले देश छोड्ने क्रम बढेको भन्दै देशमै रोजगारी सिर्जना गरि युवा पलायन रोक्न सरकारले पहल गर्नुपर्ने उनीहरूको भनाई छ । युवाहरू पनि गणतन्त्रको कार्यान्वयनमा जुट्नुपर्ने भन्दै उनीहरूले सडकदेखि सदन सम्म युवाहरूको उपस्थिति बाक्लो हुनुपर्ने भनाई राखेका थिए । 


कार्यक्रमको समापन गर्नुहुँदै क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले पुरानो पुस्ताले देशमा जनताको हक अधिकार सुनिश्चित गर्न लडाइ लडेको भन्दै त्यो लडाइँबाट प्राप्त उपलब्धि लाई सही कार्यान्वयन गर्न अहिलेको युवा पुस्ता एक ठाउँमा उभिनुपर्ने प्रतिक्रिया दिनुभएको छ । नेपालमा विश्वकै उत्कृष्ट लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको भन्दै यसको सफल कार्यान्वयनमा युवाहरू जुट्नुको अर्को विकल्प नरहेको बताउनुभयो । 


वक्तित्वकला प्रतियोगिता कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू मध्ये ९ जनाले सहभागिता जनाएका थिए । सहभागीहरू मध्ये चन्द्र प्रसाद भाट प्रथम,  गणेश प्रसाद अधिकारी द्वितीय र ,प्रमिला ढुङ्गानाले तृतीय स्थान प्राप्त गरेका छन । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरूलाई भोलि मङ्गलसेन नगरपालिकाले प्रमाणपत्र सहित सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पस प्रशासनले जनाएको छ । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु, गोरखापत्रका अछाम सम्वाददाता शिवराज ढुंगाना, विद्यार्थी लगायतको सहभागिता  रहेको थियो । कार्यक्रमको सञ्चालन शिवराज ढुंगानाले गर्नुभएको थियो ।

Previous Post

जनचाहना विपरीत कुनैपनी काम गर्दैनौँ : अध्यक्ष तिमिल्सैना

Next Post

सरकारको आम्दानीभन्दा खर्च धेरै, यो वर्ष झन्डै १ खर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्ता बाँड्दै

Next Post

सरकारको आम्दानीभन्दा खर्च धेरै, यो वर्ष झन्डै १ खर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्ता बाँड्दै

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4104 shares
    Share 1642 Tweet 1026
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3398 shares
    Share 1359 Tweet 850
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3237 shares
    Share 1295 Tweet 809
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3014 shares
    Share 1206 Tweet 754
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2444 shares
    Share 978 Tweet 611
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2278 shares
    Share 911 Tweet 570
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2114 shares
    Share 846 Tweet 529
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2103 shares
    Share 841 Tweet 526

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal