अछामको मंगलसेन नगरपालिका– १ जैधनकी निर्मला साउद थापाको भीरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको हो।
वडा नम्बर १ को कार्यालयमा कार्यरत २५ वर्षीया निर्मला स्थानीय सागर थापाकी श्रीमती हुन्। उनका ३ वर्षका एक छोरा छन्। शनिबार बिहान घर नजिकैको जंगलमा घाँस काट्न गएकी निर्मला अग्लो भीरबाट चिप्लिएर लडेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाउनु यहाँका महिलाहरुको नियति नै बनेको छ। यसअघि गत जेठ २८ गते सोही वडाकी देउकला नाथको भीरबाटै लडेर मृत्यु भएको थियो। नयाँ पत्रीका बाट
Discussion about this post