अछामका युवक विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेका सज्जनबहादुर शाही पक्राउ परेका छन् ।
उनलाई एमालेको भ्रातृ संगठन युवासंघ नेपालका कार्यकर्ताले काठमाडौंको धापासीबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । उनी १६ महिनादेखि फरार थिए ।
विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए । १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो ।
सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो । घटनामा संलग्नहरूले शक्ति केन्द्रको आडमा उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ ।
फरार रहेकाहरूलाई पक्रेर कारबाही गर्नुकाे साटाे पीडित परिवारलाई उल्टै धाकधम्की दिन थालेपछि मृतकका दाइ बखतबहादुर शाही १० जनाकाे टाेलीसहित अछामबाट काठमाडाैं आएर युवासंघ गुहारेका थिए ।
Discussion about this post