चन्द्र दृष्टि, काठमाण्डौ । पछिल्लो समय देउडा क्षेत्रमा निकै रुचाईएकि देउडा गायिका पशुपति खनालको नयाँ देउडा गीत “अंगुली बान्याको” सार्वजनिक भएको छ । दिपक संगम बिसिको लय शब्दमा बनेको उक्त देउडा गीतमा पशुपति खनाल र दिपक संगम बि.सि. को स्वर रहेको छ ।
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा जन्मिएकि गायीका खनाल पछिल्लो समय देउडा संस्कृतिको संरक्षणका सक्रिय रहेकी छन । सुदूरको संस्कृतिलाई जोगाउन काठमाण्डौमा सङ्घर्ष गरीरहेकी खनालले यसअघि पनि थुप्रै देउडा गीतमा आवाज भरिसकेकी छन । यसअघि खनालले मेरी केसुलणा, संगै लैजा मलाई, लगायतका अन्य कलाकारहरुका गीतहरुमा पनि आवाज भरीसकेकी गायीका खनाल पछिल्लो समय आफै देउडा सिर्जना गरि आवाज भर्ने काममा निकै सक्रिय छन ।
शुक्रबार पशुपति खनाल नामक युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा सन्तोष जैशी र सुस्मीता कुँवरले अभिनय गरेका छन । देउडाका क्षेत्रमा पछिल्लो समय पशुपति खनाल र सन्तोष जैशी दर्शक माझ निकै रुचाईएको जोडी हो । आफ्नो जीवन साथी सन्तोष संगै काठमाण्डौमा देउडाको संरक्षणमा रहनुभएकी खनालले आगामी दिनहरुमा पनि सुदूरको संस्कृती संरक्षणमा लागिरहने बताईन् ।
खनालका यसअघिका गितहरु दर्शकहरुले निकै रुचाएका छन । हिजो मात्रै सार्वजनिक भएको यस गितका सन्दर्भमा पनि दर्शकले निकै रचनात्मक प्रतिक्रियाहरु दिईरहेका खनालले बताईन् । दर्शकको सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै आगामी यात्रा अझ थप शसक्त बनाउने खनालले फरक खबरलाई बताईन ।
खनालले यसअघिका गीतहरुमा अछाम जिल्लाको स.स्कार,संस्कृती,पर्यटन लगायतका क्षेत्रलाई समेट्दै गित निर्माण गर्नुुभएको थियो । जुन गीतहरुलाई नयाँ पुस्तादेखि पुरानो पुस्ताले निकै रुचाएको थियो । भर्खरै मात्र सार्वजनिक भएको गीतमा पनि अधिकाँस दर्शकहरुले गीतमा शब्दहरु निकै मर्मस्पर्सी रहेका भन्दै आगाी दिनहरुमा पनि यस्ता लय र शब्दहरुलाई अझै परिमार्जन गर्दै बजारमा ल्याउनुपर्ने प्रतिक्रिया दिएका छन । सुदूरमा मेलापात गर्दा वनजङ्गलमा गाईने भाकाहरुलाई स्थान दिनुपर्ने समेत सुझावहरु दर्शकले दिएका छन ।
विषेश गरि अछामका पाखापखेरा हरुमा गुञ्जिने भाकाहरुलाई स्थान दिँदै अगाडी बढेमा अछामको पहिचानमा थप टेवा पुग्ने दर्शकहरुले सुझाव दिएका छन । भिडियोको अन्त्यमा राखिएको एक दृश्यले दर्शकको मन जितेको छ । समाजको एक यथार्थ घटनालाई जोडेर निर्माण गरिएको उक्त दृश्यले दर्शकको मन तानेको हो । एक्काईसौ सताब्दीको परिवर्तित समयमा पनि समाजमा जातिय विभेद कायमै रहेको परिदृश्य उक्त भिडियोमा देखाईएको छ ।
यस्ता कुरीतिहरुलाई हटाउन हामी सबै एकजुट हुन जरुरी छ । गीतले अझै सफलता हाँसिल गर्दै जावस हाम्रो शुभकामना ।
भिडियाे
Discussion about this post