चन्द्र प्रसाद भाट, काठमाण्डौ ।
स्थानिय तहको निर्वाचन २०७९ मा जनताको लोकप्रिय मतबाट निर्वाचित वडा अध्यक्ष हुन्, सत्यराज तिमिल्सैना । नेकपा एमालेबाट उम्मेद्धार बनेर निर्वाचित हक्की स्वभावका तमिल्सैना पछिल्लो समय जनताको सेवाका लागी तल्लिन रहेका छन ।
निर्वाचनमा निर्वाचित भएपश्चात जनता समक्ष जनप्रतिनिधिहरु आउँदैनन भन्ने भाष्यलाई गलत सावित गरिदिएका छन् अध्यक्ष तिमिल्सैनाले । जनताको सुख दुःखमा संगै रहेका अध्यक्ष तिमिल्सैनाले निर्वाचित भएको साढे एक वर्षमै जनताको घाउमा मल्हम लगाईसकेका छन ।
सामाजिक काममा दख्खल राख्ने वडा अध्यक्ष तिमिल्सैनाले वडामा रहेका आर्थिक,सामाजिक,भौतिक लगायत अन्य पक्षबाट विपन्न नागरिकहरुको घाउमा वडा कार्यालय मार्फत होस या आफ्नो व्यक्तिगत तर्फबाट होस् मल्हम लगाईरहेका छन ।
कमलबजार नगरपालिका वडा नः ५ का अध्यक्ष तिमिल्सैनाले आज सोमबार वडाका एक मृतकका परिवार लाई व्यक्तिगत रुपमा सहयोग गरेका छन । मृतक भक्त देवकोटाको काजक्रियामा सहयोग पुगोस भन्ने उदेश्यले अध्यक्ष तिमिल्सैनाले मृतक देबकोटाकी सुपुत्रीलाई ५ हजार बराबरको चामल, दाल, नुन,तेल, चिनी लगायत अन्य खाद्यान्नका सामग्री हष्तान्त्रण गरेका हुन ।
जनताको दुखमा साथ दिँदै लोकप्रिय बनेका अध्यक्ष तिमिल्सैनाले सोकमा रहेको परिवारलाई राहत मिलोस भन्ने उदेश्यका साथ सहयोग गरेका फरक खबरसंग बताए । कार्यपालिकामा पनि खरो रुपमा उपस्थित हुने अध्यक्ष तिमिल्सैनालाई नगरवासिले भावि नेतृत्वको रुपमा पनि हेर्न थालेका छन ।
Discussion about this post