चद्र दृष्टि, काठमाण्डौ । स्थानिय तहले संविधानत् असारमै ल्याउनुपर्ने बजेट अहिलेसम्म ल्याउन नसक्दा अछामको कमलबजार नगरपालिकामा कार्यरत कर्मचारीले तलब नपाएको भन्दै गुनासो गरेका छन । नेपालीको महान चाँड बडादशैँ जस्तो महत्वपुर्ण पर्वमा पनि आफुले पाउनुपर्ने सेवा सुविधा नगरपालिका बाट नपाउँदा उनिहरु निरास भएका छन ।
पालिकाका १० वटै वडाका सरकारी कार्यालयमा कार्यरत कर्मचारी र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले दशैमा पनि रकम प्राप्त नहुँदा दशैँमा खल्लो महससु भएको बताएका छन ।
तर नगरपालिकामा यस्तो अवस्था रहेको भन्दै कमलबजार नगरपालिका वडा न ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो वडाका सरकारी कार्यालयमा कार्यरत कर्मचारी र सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीलाई दशैँ खर्च बाफत रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
दशैँजस्तो चाँड नजिकै आउँदा पनि रित्तोहात फर्कन बाध्य भएका कर्मचारी र भत्ता प्राप्त गर्ने लाभग्राहीलाई पछि फिर्ता गर्नेगरी अहिले आएको समस्या समाधान गर्न आफुले यस्तो पहल चालेको अध्यक्ष तिमिल्सैनाले फरक खबरलाई जानकारी दिए ।
जनताको काममा अहोरात्र रुपमा खटिने कर्मचारीले चाँडबाँडको समयमा पनि पारिश्रमीक पाउन नसकेकोमा दुख व्यक्त गर्दै उहाँले उनिहरुको समस्यालाई बुझ्दै थोरै भएपनि राहात उपलब्ध गराएको उहाँको भनाई छ । आर्थिक रुपमा कमजोर रहेका नागरिकलाई आफू वडाको अभिभावक भएकाले यस्तो निर्णय लिनुपरेको उहाँको भनाई छ ।
आफुले अहिले आफ्नो तर्फबाट सहयोग गरेको बताउँदै उहाँले नगरपालिका बाट रकम भुक्तानि भएको खण्डमा सहयोग गरेको रकम फिर्ता हुने बताए । चाँडपर्वको समयमा आफुले प्राप्त गर्ने भत्ताको रकमबाट विभिन्न परिकार किनमेल गर्ने नयाँ लुगा लगाउने वृद्ध आमाबुवाको पिडालाई कमगर्न यो निर्णय लिएको तिमिल्सैनाले बताए । आफुले गरेको यो निर्णयबाट रकम प्राप्त गर्ने कर्मचारी र वृद्धवृद्धा खुसि भएका उनले बताए ।
अहिलेसम्म बजेट पारित गर्न नसकेको भन्दै नगरपालिकामा गत असोज १९ गतेदेखि तालाबन्दी कायमै छ ।
Discussion about this post