फरक संवाददाता, अछाम । कमलबजार नगरपालिका वडा नं.५ का वडाध्यक्ष सत्यराज तिमिल्सिनाले वडाको समग्र विकासक लागि सबै सरोकारवाला पक्षसंग छलफल गरेका छन ।
आफ्नो वडामा स्थायी घर भई विभिन्न शिलशिलामा जिल्ला बाहिर रहेका युवा वर्गसंग वडाको विकास निर्माण बारे छलफल गरेका हुन । उनिहरु बस्ने ठाउँको बिकासको गतिबारे जानकारी लिदै अध्यक्ष तिमिल्सैनाले गाउँ विकासको संवाहक युवा बर्गसंग छलफलको आयोजना गरेका थिए ।
वडाको बिकासका लागि आफू सधैं तल्लीन रहेको भन्दै उनले युवाबाट प्राप्त सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने बताएका छन । वडाका युवाहरु संग विकसित ठाउँको बिकासको मोडल बारे अनुभव हुने भन्दै राम्रो कामको सिको आफुले गरि वडाको बिकास गर्ने बताए ।
कार्यक्रममा उपस्थित सरोकारवालाले महत्त्वपूर्ण सुझावहरु दिएका भन्दै अध्यक्ष तिमिल्सैनाले प्राप्त सुझावलाई सकारात्मक रुपमा हेरेको भन्दै आफुलाई काम गर्न थप हौसला प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।
छलफल कार्यक्रममा वडाको समग्र विकासका लागि उपस्थित सरोकारवालाहरुले विभिन्न सुझाव दिएका थिए । वडाका नागरिकको हितमा हुने गरि जनपक्षीय काम गर्न वडा अध्यक्ष लाई सुझाव तथा सल्लाह दिइएको रास्टिय स्वतन्त्र पार्टीका नेता जीवन तिमिल्सैनाले बताए ।
वडामा जनमैत्री कामको सुरुवात भएको भन्दै उनले आगामी दिनहरूमा पनि यस्तै काममा वडाको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।
Discussion about this post