चन्द्र दृष्टि, १५ कार्तिक , काठमाण्डौ । अछामको कमलबजार नगरपालिका वडा न ७ जामामा पौराणीक महत्व बोकेको बडिरुख परिसरमा चौतारो निर्माणको काम सुरु गरिएको छ । वडा नः ७ सेराका वडा सदस्य बल बहादुर भण्डारीको नेतृत्वमा उक्त चौतारो निर्माणको काम सुरु गरिएको वडा सदस्य भण्डारीले फरक खबरलाई जानकारी दिए । मंसिर ९ गतेभित्र चौतारो निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको भण्डारीले बताए ।
जामा बढिरुख परिसरमा पक्कि चौतारो निर्माणका लागी मनकामना केदारनाथ पर्वासी समाजले आर्थिक संकलन अभियानको सुरुवात गरेको थियो । प्रवासी संघका अध्यक्ष विष्णु प्रसाद खतिवडाको सक्रियतामा आर्थिक संकलनको काम भईरहेको पनि भण्डारीले बताएका छन । आर्थिक संकलन अभियान अन्तरगत अहिले सम्म ३ लाख जम्मा भईसकेको र थप आर्थिक सहयोग आउने क्रम चलिरहेको उनको भनाई छ ।
आफ्नो गाउँ आफै बनाऔँ भन्ने नारा सहित काम सुरु गरेका स्थानीयहरु अहिले चौतारो निर्माणको काममा सक्रिय रुपमा लागीपरेका छन । वि.स. २०५४ सालमा तत्कालिन सेरा गाउँ विकास समितिका निर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारी, तत्कालिन सेरा गाउँ विकास समिति वडा नः २ का अध्यक्ष पदम बहादुर भन्डारि वडा नः १ का अध्यक्ष गोबिन्द भन्डारी र वडा नः ३ का अध्यक्ष मनि कन्ठ जैशीको पहलमा ६० हजार लागतमा बडिरुख परिसरमा कच्चि चौतारो निर्माण गरिएको थियो । तत्कालिन समयमा चौतारो निर्माण उपभोक्ता समितिका अध्यक्ष खम्बे भन्डारीले स्थानिय मार्फत काम सम्पन्न गराएका थिए ।
लामो समयदेखि नै जिर्ण अवस्थामा रहेको बडिरुख परिसरको कच्चि चौतारो अहिले पुन्ह् निर्माण गर्न लागीएको हो । चौतारो जिर्ण बन्दै गएपछि बडिरुख संरक्षणको पर्खाइमा थियो । २०७४ र २०७९ सालमा निर्वाचित जनप्रतिनिधिले समेत महत्वको सम्पदाको संरक्षणमा ध्यान दिन नसकेपछि प्रवास मार्फत यसको संरक्षण गर्न थालिएको हो । मा पक्की चौतारो निर्माण गरि सम्पदाको संरक्षण गर्न यो अभियान सुरु गरिएको बताइएको छ ।
पक्की चौतारो निर्माणका लागी जेष्ठ नागरिक केदार देवताका तत्कालीन पुजारी मनिराम खतिवडा, तत्कालीन गाविस अध्यक्ष दिपक प्रसाद अधिकारी र पुरानो चौतारो निर्माण उपभोक्ता समितिका अध्यक्ष खम्बे भन्डारीले संयुक्त रुपमा यहि कार्तिक १३ गते सिलान्यास गरेका थिए ।
Discussion about this post