चन्द्र प्रसाद भाट , १६ माघ अछाम । कमलबजार नगरपालिका वडा नः ९ मष्टाबण्डालीको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक बर्षमा वडामा विनियोजित ६४ लाख पुजिँगत र ६ लाख चालुतर्फ गरी ७० लाख बजेट विनियोजन भएको मध्ये सबै बजेट कार्यान्वयन भइसकेको वडा अध्यक्ष कमल प्रसाद बजगाँईले जानकारी दिनुभयो ।
वडामा विभिन्न विकासका आयोजनाहरु लाई पहिलो प्राथमिकतामा राखिएकाले उक्त योजनाहरु सबै सम्पन्न भईसकेको उहाँले जानकारी दिनुभयो । विषेश गरी वडामा शिक्षा, स्वास्थ्य,खानेपानी,यातायात, सिँचाइ लगायतका योजनाहरु गत आर्थिक वर्षमा सम्पन्न गरिएका बताइएको छ ।
कार्यक्रममा सहभागी विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक तथा स्वास्थ्यकिर्मले आ आफ्नो क्षेत्रमा सोचे अनुरुप बजेटको व्यवस्थापन हुन नसकेको भन्दै आगामी बजेटमा यसको सुनिश्चितता गर्न आग्रह गरेका छन । वडाले सार्वजनिक सुनुवाई गरेर पारदर्शीता कायम गरेको भन्दै धन्यवाद समेत दिएका छन ।
काम गर्दा केहि कमजोरी रहनु स्वभाविक भएको भन्दै उनिहरुले यसलाई सुधारेर लैजान समेत आग्रह गरेका छन । जनतालाई अति आवश्यक विकासका कामहरु विगतका सरकारदेखि नै निरन्तर भएको भन्दै उनिहरुले अहिलेको वडा सरकारले पनि निरन्तरता दिएको उल्लेख गरेका छन ।
कार्यक्रममा बोल्दै चक्रेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक काँसीराम बजगाँईले वडा सरकारबाट प्रवाह हुने सेवाहरु प्रभावकारी रहेको बताएका छन । वडा अध्यक्षले जनताका काम कानुन सम्वत् जतिवेला पनि गर्दै आएको बताउनुभयो । अन्य सहभागीहरुले पनि विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि आफ्ना जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट कु्ँवर, प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट र वडा अध्यक्ष कमल प्रसाद बजगाँईले जनताको पक्षमा नगरपालिका र वडा सरकारले निरन्तर रुपमा काम गरिरहेको बताएका छन ।
अझैपनि सोचेअनुरुप जनतालाई सेवा दिन केहि प्राविधिक समस्या रहेकाले आगामी दिनहरुमा यसलाई सुधार गर्दै लैजाने उनिहरुको प्रतिवद्धता थियो । जनतालाई वडा तहमै सेवा दिन कर्मचारी वडामै बस्ने व्यवस्था छिट्टै गरिने बताएका छन । यसका साथै चालु आर्थिक वर्षको बजेटमा पनि प्राथमिकताका क्षेत्रहरु मात्रै बजेटमा समावेश गरिने उनिहरुको भनाई थियो ।
साथै चालु आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा कार्यक्रम समेत गरिएको छ । यो वर्ष कस्ता योजनाहरु लाई अघि सार्ने भन्ने विषयमा पनि सबै सरोकारवालाहरु संग छलफल गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी राजनितिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी,शिक्षक महिला अगुवा,दलित अगुवा, जेष्ठ नागरिक,युवा, संचारकर्मी लगायतको सहभागीता रहेको थियो । वडा सदस्य विर बहादुर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव ज्योती नेपालीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण रेडियो केविएमका प्रबन्धक हिक्मत नेपाली,रमिता विक र सुदूर दर्पण मिडिया प्रालिका अध्यक्ष चन्द्र प्रसाद भाटले गर्नुभएको थियो ।
Discussion about this post