चन्द्र प्रसाद भाट,२२ माघ अछाम : अछामको कमलबजार नगरपालिका वडा नः ९ मष्टावण्डालीले किशोरी तथा महिलाहरुको उच्च शिक्षामा पहुँच स्थापित गर्ने उदेश्यले अनुदानको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत अनुदानको व्यवस्था गरीएको वडा अध्यक्ष कमल प्रसाद बजगाँईले जानकारी दिनुुभयो ।
यस आर्थिक वर्षमा १ लाख बजेट विनियोजन गरी वडाका १२ जना किशोरीहरुलाई कमलबजार बहुमुुखी क्याम्पसमा भर्ना गरीएको उहाँको भनाई छ । हरेक क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न वडाले उनिहरुका लागी बजेटको व्यवस्थता गरेको उहाँले बताउनुुभयो । पहुँचवाला वर्गले सहरी क्षेत्रमा पढाउने अहिलेको परीपाटीलाई चिर्न वडाले यो कार्यक्रम लागु गरेको उनले बताए । किशोरीहरुको मनोवल उच्च राख्न र उच्च शिक्षाप्रति उनिहरुको रुचि बढाउन यो कार्यक्रमले भूूमिका खेल्ने उनको भनाई छ ।
वडा अध्यक्ष बजगाँईले आफूूले सुरु गरेको यो कार्यक्रम प्रभावकारी बन्ने बिश्वास लिनुुभएको छ । आगामी वर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो । सबै सरोकारवालाको सुुझाव अनुुसार नै यस कार्यक्रमलाई थप परिस्कृत गर्दै जाने अध्यक्ष बजगाँईको भनाई छ । आफ्नो कार्यकाल सकिएपछि पनि यो कार्यक्रमलाई निरन्तरता दिन आउने नेतृत्वलाई पनि सुुझाव दिईने उनको भनाई छ ।
जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागी जिल्लाका सबै स्थानिय तहले शिक्षामा अधिकतम लगानी गर्नुपर्ने उनले बताएका छन । अछाम जिल्लामा अधिकाँस भुुभाग ग्रामिण भएकाले सबै क्षेत्रमा शिक्षा,स्वास्थ्य को पहुँच स्थापित गर्न आर्थिक लगानी प्रमुख स्रोत रहेको उनले बताए ।
कमलबजार नगरपालिकामा विषेशज्ञ चिकित्सक नियमित नबस्ने स्मरण गर्दै उहाँले जेहेनदार बिद्यार्थीलाई नगरपालिकाले छात्रवृतिको व्यवस्था गरी विषेशज्ञ चिकित्सक उत्पादन गर्न सक्नुपर्नेमा जोड दिए । शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्यले आवश्यक लगानी गर्न नसकेकाले गुणस्तर वृद्धि गर्न नसकिएको उनको भनाइ थियो । यसका लागी जिल्लाका सबै जनप्रतिनिधिहरुले सोच्नुपर्ने बेला आएको वडा अध्यक्ष बजगाँईको भनाई छ ।
Discussion about this post