चन्द्र प्रसाद भाट १ फागुन अछाम । आर्थिक अवस्था कमजोर भएका किशोरीहरुलाई वडाबाट छात्रवृति प्रदान गरी निशुल्क उच्च शिक्षाको पहुँचमा पुगाउन कमलबजार नगरपालिकाका वडा अध्यक्षहरु यतिबेला लागी परेका छन ।
आर्थिक वर्ष २०८०/८१ को बजेट बाट सम्बोधन हुनेगरी उच्च शिक्षाका लागी उनिहरुले पहल गरिरहेका छन ।
यता कमलबजार नगरपालिका वडा नं ५ कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो पारिश्रमिक बाट वडाका विपन्न विद्यार्थीको उच्च शिक्षा सुनिश्चितताको लागी पहल थालेका छन ।
अध्यक्ष तिमिल्सैनाले कमलबजार बहुमुखी क्याम्पसमा एकजना विपन्न तथा टुहुरा बिद्यार्थीको भर्ना गराएका छन । तिमिल्सैनाले आर्थीक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययन गर्न बाट वन्चित सोही वडाकी रमिता बिकको क्याम्पसमा स्नातक तह अध्ययन गर्न लाग्ने सवै शुल्क आफैले व्यहोर्ने घोषणा गरेका छन ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा अध्ययन गर्नबाट बन्चित भएकी विकको क्याम्पस शुल्क आफुले तिर्ने उनको भनाई छ ।
आफ्नो वडामा रहेका अन्य विपन्नहरुको एकिन गरि उनिहरुको उच्च शिक्षा पाप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने उनको भनाई छ । आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षाबाट कोहि पनि बञ्चित नहुँन भन्नका लागी आफूले सक्दो प्रयास गरिरहेका छन ।
Discussion about this post