१३ फागुन अछाम : अछामको कमलबजार नगरपालिका वडा नः ५ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत गोरेटो बाटो निर्माण कार्य सुरु गरिएको छ । यो आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागी वडामा ६ लाख १ हजार बजेट विनियोजन भएको थियो ।
उक्त बजेटबाट अहिले वडामा पुराना गोरेटो बाटाहरु निर्माण कार्य सुरु गरिएका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले फरक खबरलाई जानकारी दिए । वडा भित्रका जिर्ण अवस्थाका गोरेटो बाटोहरु मर्मतको काम गर्न यो वर्षको बजेट विनियोजन गरिएको उनको भनाई छ । गोरेटो बाटोहरु जिर्ण भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो ।
यो कार्यक्रमले स्थानीयलाई सहज हुने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ । पुर्खौँ देखिका गोरेटो बाटोहरु संरक्षणका लागी वडा कार्यालयले यो अभियान सुरु गरेको पनि वडा अध्यक्ष तिमिल्सैनाले जानकारी दिए ।
यो कार्यक्रममा वडा भित्रका दलित,विपन्न,आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई प्राथमिकिकरण गरि काममा खटाइएको पनि उनले बताए । यसबाट उनिहरुलाई पनि केहि सजिलो हुने भएकाले छनौट गरि काममा लगाइएको वडा कार्यालयले जनाएको छ । यो कार्यक्रम अहिले वडाभित्र तिव्र गतिमा सञ्चालन भइरहेको बताईएको छ ।
यो पनि पढ्नुहोस्
यस्तै वडामा रहेका ग्रामीण सडकहरुको स्तरोन्नतीका लागी डोजरको प्रयोग बन्द गर्ने अध्यक्ष तिमिल्सैनाले बताएका छन । स्थानीय जनशक्तिबाट सम्पन्न गर्न सकिने कामहरुमा डोजरको प्रयो नगरिने उनले बताए ।
स्थानीय जनशक्तिबाट सम्भव नभएका खण्डमा बाहेक अन्य अवस्थामा जनशक्ति मार्फत नै काम गरिने उनको भनाई छ । वडामा रहेका महिला,दलित विपन्न नागरिकहरुलाई आयआर्जनमा सहभागी गराउन यस्तो व्यवस्था गरिएको तिमिल्सैनाले बताए ।
Discussion about this post