Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

बालबिबाह विरुद्ध कुईकामा वृहत अन्तरक्रिया

88
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,२२ फागुन अछाम : अछामको कमलबजार नगरपालिका वडा नः ५ कुइकामा बालबिबाह विरुद्ध एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा सदस्य दुर्गा प्रसाद तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष सत्यराज तिमिल्सैना प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष तिमिल्सैनाले बालबिबाह अन्त्यगर्न वडा प्रतिवद्ध रहेको बताएका छन । समाजमा कुरीतिकै रुपमा स्थापित भएको बालबिबाह लाई अन्त्य गर्न वडा सरकारले विभिन्न रणनितिहरु अपनाउदै आएकाले वडालाई पूर्णरुपमा बालबिबाह मुक्त गर्न सबैको सहयोगको अपेक्षा वडा सरकारले गरको तिमिल्सैनाको भनाई थियो ।

वडाले सुरु गरेको यो अभियानलाई सफल बनाउनका लागी सबै सरोकारवाला, शिक्षक बिद्यार्थी,स्वास्थ्यकर्मि कर्मचारी सबैले सहयोगको प्रतिवद्धता जनाएकाले यो अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताए । वडाले अभियान सुरु गरेकाले सबैले अभियानमा साथदिन आग्रह समेत गर्नुभयो ।

यस अभियानमा नेपाल प्रहरीको समेत सहयोग रहेकाले आफूलाई सहज महसुस भएको बताउनुभयो । उमेर पुगेर बिबाह गर्ने जोडिलाई वडाले सम्मान दिँदै आएको समेत उहाँले बताउनुभयो । वडाले यो अभियान सुरु गरेपश्चात बालबिबाह केहि मात्रामा न्यूनिकरण भएको भन्दै आगामी दिनहरुमा यस समस्यालाई पूर्णरुपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडालाई बालमैत्री वडा घोषणाको तयारी भईरहेको भन्दै अध्यक्ष तिमिल्सैनाले यस अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । वडा कार्यालयले बालबलिकाका क्षेत्रमा निरन्तर काम गर्दै आएको भन्दै सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो । वडाले पूर्णरुपमा बालबालिकामा लगानी गर्ने वातावरण मिलाउने भन्दै उहाँले बालबालिका पनि सक्रिय बन्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र जोहारीले नेपालको संविधानमा २० वर्षमुनि बिबाह गर्न नहुँने कुरा उल्लेख गरेकाले कानुनको पालना गर्न आग्रह गर्नुभयो । उमेर नपुगि बिबाह गर्नाले पछि विभिन्न समस्या हुने भन्दै यसमा सबै अभिभाबकहरु तथा बालबालिकाहरु सचेत बन्नुपर्ने बताए ।

कानुनले बालबिबाह गर्दा ३ वर्षसम्म कैद र ३० हजार जरीवाना वा दुवै सजाय हुने कुरा उल्लेख गरेको छ । नेपालको कानुनले बालबिबाहलाई अपराध मानेकाले यस्तो अपराधमा संलग्न नहुँन सबै सरोकारवालाई अपिल समेत गर्नुभयो । कानुनले दण्डित गरेर मात्र यो समस्या हल नहुँने भन्दै प्रहरी निरिक्षक जोहारीले सबैभन्दा पहिले आफू परिवर्तन हुनुपर्ने बताए ।

सामाजिक सञ्जालका काराण यो समस्या बढि रहेको भन्दै उहाँले सामाजिक सञ्जालको सहि सदुपयोगले पनि थुप्रै राम्रा काम सिक्न सकिने बताए । समाजमा यस्ता कुनै कानुन विपरीतका गतिविधि भएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह समेत गरे ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले पछिल्लो समय प्रविधिको गलत प्रयोगका कारण बालबिबाह विकराल बन्दै गएको बताएका छन । सानै उमेरमा समाजिक सञ्जालमा बालबालिकाहरुको लत बस्ने गरेका कारण सामाजिक सञ्जालकैभरमा बिबाह गर्ने प्रवृति बढेको भन्दै यसलाई रोक्नुपर्ने उनिहरुले माग गरेका छन ।

समाजिक सञ्जालको गलत प्रयोगलाई रोक्नसके मात्रै ७० प्रतिशत बालबिबाह रोक्न सकिने उनिहरुको भनाई छ । अभिभावकहरु रोजागारीका लागी विदेश बस्ने र घरमा बालबालिका कसैको नियन्त्रणमा नहुँदा यो समस्या झन बढ्दै गएको उनिहरुको भनाई थियो ।

अधिकाँस बालबालिकाहरु साथिहरुको गलत संगतका कारण र केहि बालबालिका अभिभावकको दवावका कारण बालबिबाह गर्न बाध्य भईरहेका उनिहरुले बताएका छन । यसको निराकरणका लागी सबै पक्षबाट सहयोग हुनुपर्ने सहभागी बिद्यार्थीको भनाई छ । वडा सरकारबाट पनि यसका लागी निरन्तर पहल गर्नुपर्ने भन्दै उनिहरुले आफुहरुले पनि वडाका टोलहरुमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएका भनाई राख्नुभयो ।

कार्यक्रममा बोल्ने विभिन्न बिद्यालयका शिक्षकहरुले बालबिबाह रोक्न आफूहरुले भूमिका खेल्ने बताएका छन । बिद्यालय तहमा पनि बालबिबाहका विरुद्ध विभिन्न कार्यक्रम मार्फत सचेत गराउने शिक्षकहरुको भनाई थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकिहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य दुर्गा प्रसाद तिमिल्सैनाले यस्ता कार्यक्रमहरुले बालबिबाह न्युनिकरण गर्न भूमिका खेल्ने बताउनुभयो । वडामा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिने बताए ।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रममा विभिन्न वडास्थित जनप्रतिनिधिहरु,महिला बालबालिका शाखा प्रमुख डम्मरा साउँद,राजनिति दलका प्रतिनिधिहरु,वडास्थित विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु,अभिभावकहरु,महाकाली माध्यामिक बिद्यालयका बिद्यार्थीहरु,पत्रकार लगायतको सहभागीता रहेको थियो । वडा सदस्य रतन भूलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन कल्पना देवकोटाले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।

Previous Post

अध्यक्ष तिमिल्सैनाको आग्रह : निमन्त्रणा आउँदा जन्ममिती हेरौँ

Next Post

प्रहरीले थाल्यो मन्दिर सरसफाइ अभियान

Next Post

प्रहरीले थाल्यो मन्दिर सरसफाइ अभियान

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal