अछाम । आमउपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने उद्देश्यले अछाममा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । सदरमुकाम मंगलसेन स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
आइतबार एक औपचारीक कार्यक्रमका बिच अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । उनले सुपथ मुल्य पसलले आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत पुग्ने भन्दै त्यस्ता समुदायका लागि लक्षित गरेर व्यवस्थापन गरिने बताए ।
सुपथ मुल्य पसलमा सबै खाद्यान्न पाउनुपर्ने भएपनि अछाममा चामल मात्रै उपलब्ध रहेकाले यहाँ मौजदात रहेको जिरा मसिनो चामल, अरुवा सोना मन्सुली र अरुवा मोटा चामल उपक्तोका लागि सहुलियत दरमा वितरण गरिने प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।
दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज र सहुलियत दरमा उपलब्ध गराउन सुपथ मुल्य पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछामले आज असोज ६ गते देखि आउँदो माघ २ गतेसम्मका लागि प्रति किलोमा ५ रुपौयाँ छुट गरेर चामल वितरण गरिरहेको छ ।
लिमिटेडका प्रमुख सरोज कुमार महतोका अनुसार मंगलसेनमा रहेको कम्पनीको कार्यालयमा अहिले जिरा मसिनो चामल ५० क्विन्टल, अरुवा सोना मन्सुली ५४८ क्विन्टल र अरुवा मोटो चामल ८१ क्विन्टल गरी जम्मा ६७९ क्विन्टल चामल उपलब्ध छ । आसोज ६ देखि माघ २ गतेसम्मा एक हजार क्विन्टल चामल छुट मूल्यमा उपलब्ध गराइने पनि उनले बताए ।
यो बेला आमाबुबा विहिन उमेर नपुगेका बालबालिका तथा बिशेष अवस्थाका व्यक्तिका लागि बिना परिचय पत्र समेत चामल दिइनेछ । अन्यको हकमा भने नागरिकता लगायत अन्य कुनैपनि प्रमाणपत्रका आधारमा चामल बितरण गरिने छ ।नेपाली अक्षरबाट
Discussion about this post