Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

आमा आगोको रापमा जल्दै थिइन, दाजुले भाइलाइ अंगालो हाले एकोहोरो हेरिरहे

Photo source : Tek Bahadur Thapa

Photo source : Tek Bahadur Thapa

21
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे।
मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए।

सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो।


एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति २:४५ बजे बाटोमा नै बच्चा जन्माइन्। नवजात शिशुसहित सरितालाई स्थानीयले राति ३ बजे स्वास्थ्यचौकी पुर्‍याएका थिए। निकै बेरसम्म पनि साल आएन। धेरै नै रक्तस्राव भइरह्यो। ‘न साल आयो, न त रक्तस्राव नै रोकियो, स्वास्थचौकीकी अनमी नीराकुमारी साउदले भनिन्, ‘त्यसपछि जिल्ला अस्पताल लैजान सुझाव दिएकी थिएँ। तर अस्पताल नपुग्दै ज्यान गएछ।’


साल निकाल्नका लागि आफूले सबै प्रक्रिया गरे पनि सफल नभएको उनले बताइन्। नवजात शिशु भने स्वस्थ छन्। अनमी साउदका अनुसार सरिताको सुत्केरी हुने ‘डेट’ भदौ २९ गतेको थियो। असोज ७ गतेसम्म व्यथा नलागेपछि सुत्केरी हुन जिल्ला अस्पताल जानुपर्छ भनेकी आफूले सुझाव दिएको साउदले बताइन्। तर, सरिताले योभन्दा पहिलाका सन्तान पनि सुत्केरी हुने मितिभन्दा ढिलै हुने गरेको जवाफ दिएकी थिइन्।


‘गर्भवती जाँचका लागि स्वास्थ्यचौकी आउँदा मैले धेरै पटक तपाईंको शरीरमा रगतको कमी छ, कमजोर हुनुहुन्छ, ख्याल गर्नु भनेर सुझाव दिएकी थिएँ,’ उनले भनिन्, तर, भौगोलिक विकटता र सवारीसाधन नहुँदा उहाँ अस्पताल जान सक्नु भएनछ।’  आमाको मृत्युपछि चार छोराछोरीको बिचल्ली भएको स्थानीय कृष्ण थापाले बताए। उनले भने, ‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, बिचल्ली भयो।


मृतकका श्रीमान् अपांग छन्। अब यी बालबालिकाको अवस्था के हुने भन्ने चिन्ता छ।’ विकट बस्तीका नागरिकले समयमै स्वास्थ सेवा नपाउँदा अकालका ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको भन्दै उनले असन्तुष्टि जनाए। आर्थिक अवस्था निकै कमजोर भएका मृतक सरिताका श्रीमान् टंकप्रसाद जैसीको आँखाको ज्योति गुमेको धेरै भयो।
जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिराज आचार्य भन्छन्, ‘समयमै अस्पताल पुर्‍याउन सकिएको भए सरिताको ज्यान जोगाउन सकिन्थ्यो। हाम्रा लागि यो घटना दुर्भाग्य भयो।’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार चालु आर्थिक वर्षमा अत्यधिक रक्तस्रावबाट ज्यान गुमाउने सरिता पहिलो हुन्। गत वर्ष चार जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका थिए। ढुंगानाका अनुसार गत वर्ष रामारोशनको सुतारका दुई जना तथा कमलबजार र तुर्माखाँदका एक/एक सुत्केरीको ज्यान गएको थियो। –अन्नपुर्ण पोस्टबाट

Previous Post

गंगा मा.वि. लाई कक्षा ११/१२ सन्चालन गर्न २ लाख १४ हजार संकलन,अभियान जारी

Next Post

कमलबजार नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने ,सम्झौतापत्रमा हस्ताक्षर

Next Post

कमलबजार नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने ,सम्झौतापत्रमा हस्ताक्षर

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3446 shares
    Share 1378 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2148 shares
    Share 859 Tweet 537
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal