अछामको कमलबजार नगरपालिका वडा न. ५ कुइकामा प्रशासनिक भवनको निर्माण कार्यलाई तिव्रता दिइएको छ। महाकाली माबिको पुरानो भवन रहेको स्थानमा वडाको प्रशासनिक भवन निर्माण कार्य सुरुवात गरिएको थियो ।
उपभोक्ता समिति मार्फत निर्माणकार्य सुरु गरिएको थियो ।बिधालयको पुरानो जिर्ण भवनबाट सेवा दिइरहेको वडा कार्यालयले सुविधासम्पन्न भवनको अभावमा गुणस्तरीय सेवा प्रदान गर्न सकेको थिएन ।
प्रशासनिक भवन निर्माण गर्न गत आर्थिक वर्षमा १४ लाख विनियोजन गरि जग निर्माण देखि पिल्लर निर्माणको काम सम्पन्न भएको थियो । निर्माण कार्यलाई पुर्णता दिन चालू आर्थिक वर्षमा वडा कार्यालयले थप २० लाख रुपैया छुट्याएको छ ।
प्राविधिक नापनक्सा अनुसार वडा कार्यालयको भवन भुइतलामा ५ कोठाको बन्नेछ । त्यसैगरी माथिल्लो तलामा २ कोठा सहित एउटा सभाहल निर्माण हुने वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले फरक खबरलाइ जानकारी दिए ।
कार्यालयको नक्सा अनुसार भवन निर्माण सम्पन्न गर्न कुल ३७ लाख खर्च हुनेछ । कुल बजेट मध्य १४ लाख गत आर्थिक वर्षमा खर्च भइसकेको र चालू आर्थिक वर्षमा २० लाख बजेट सुनिश्चित भइसकेको अध्यक्ष तिमिल्सैनाले बताए । जसमा कुल बजेट मध्य अब ३ लाख अपुग रहेको भन्दै उहाँले अपुग बजेटको सुनिस्चितताका लागि पहल गरिरहेको समेत बताए ।
जतिसक्दो छिटो भवन निर्माण सम्पन्न गरि आउँदो माघ महिना भित्र नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्ने गरि काम भइरहेको वडा कार्यालयले जनाएको छ । उपभोक्ता समिति मार्फत काम सन्चालन भइरहेकाले भवन निर्माण पश्चात् नागरिकलाई सेवा प्रदान गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
Discussion about this post