सुर्खेतस्थित जन नमुना माध्यमिक बिधालयले बुद्धभूमि मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । आश्रममा बसेका बालबालिकालाई सहयोग पुगोस भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको बिधालय प्रशासनले जनाएको छ ।
दशै तथा आउदै गरेको तिहारलाइ मध्यनजर गरि बिधालयले सहयोग गरेको मानव सेवा आश्रमका संचालक खम्ब प्रसाद जैसीले जानकारी दिए ।
बिधालयले ४० किलोग्राम चामल,१५ किलोग्राम दाल,१० किलोग्राम आयोडिनयुक्त नुन र ७ पोका खाने तेल सहयोग गरेको जैसीले बताए
दुख तथा समस्यामा परेका बालबालिकालाई आश्रममा राखी उनीहरुको पालनपोषण र शिक्षा प्रदान गर्ने उदेश्यका साथ स्थापना गरिएको मानव सेवा आश्रमलाई पछिल्लो समय सहयोग गर्ने सहयोगी हातहरु बढिरहेका छन ।
मानव सेवा आश्रममा अहिले ९ जना टुहुरा बालबालिका र २ जना बेवारिसे गरि जम्मा ११ जना बस्दै आएका छन । उनिहरुलाइ सरस्वती माध्यमिक बिधालय ठउरी सुर्खेतमा भर्ना गरिएको संचालक जैसीले जानकारी दिनुभयो ।
Discussion about this post