२ फागुन ,अछाम । कमलबजार नगरपालिका ५ कुइकामा चर्किएका घर पुनर्निर्माण गर्ने प्रक्रिया सुरु भएको छ । वि.स २०७९ कार्तिक २३ गते सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पका कारण क्षति पुगेका घरहरु पुनर्निर्माण गर्न प्रक्रिया अघि बढेको वडा कार्यालयले जनाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा वडाका ६२ घरहरु मर्मत तथा पुनर्निर्माण हुने वडाले जनाएको छ ।
बिहिवार एक सूचना जारी गर्दै वडाले ६२ जना स्थानीयका घरहरु पुनर्निर्माण गरिने जनाएको हो । पुनर्निर्माणका लागि प्राप्त हुने अनुदान रकमका लागि ७ दिन भित्र आवश्यक कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिए ।
सम्बन्धित लाभग्राहीले पुनर्निर्माणका लागि सम्झौता गर्न आउँदा नेपाली नागरिकताको प्रतिलिपी,जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी, लाभग्राहिको फोटो २ प्रती, सर्वेक्षण निस्सा र प्रहरी मुचुल्का सहित वडा कार्यालयमा आउन सुचित गरिएको तिमिल्सैनाको भनाइ छ ।
कोको पाउदैछन अनुदान रकम ?



Discussion about this post