प्रेस चौतारी अछामको पहिलो बैठक आज मंगलसेनमा सम्पन्न भएको छ । अछाम शाखाका अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको बैठकले महत्त्वपूर्ण निर्णयहरु पारित गरेको छ ।
चौतारी अछामको छैटौं जिल्ला अधिवेशन पछी निर्वाचित भएको कार्यसमितिले आफ्नो पहिलो बैठक समापन गरेको हो । बैठकबाट चौतारीको जिल्ला अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पारित भएको छ ।
यस्तै जिल्ला सदरमुकाममा चौतारीको कार्यालय स्थापनाका लागि पहल गर्ने,राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रेस चौतारी अछामको खाता नयाँ कार्यसमितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचीव कमल कुमार रावल र कोसाध्यक्ष मन्जु जैशीको संयुक्त हस्ताक्षर कायम हुनेगरी परिवर्तन गर्ने निर्णय पनि बैठकले पारित गरेको छ ।
यसका साथै प्रेस चौतारी अछामको कामकारबाही लाई प्रभावकारी बनाउन आर्थिक कोष सन्चालन गर्ने निर्णय भएको चौतारी सचीव कमल कुमार रावलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले अछामका सचीव एबम प्रचार विभाग प्रमुख भीम बहादुर रावलले अहिले पार्टीको वडा तहमा जरा अभियान सन्चालन भएकाले पार्टीका गतिविधि जनता समक्ष पुगाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताएका छन ।
बैठकमा प्रेस चौतारीका केन्द्रिय सदस्य एबम अछाम इन्चार्ज धनराज साउद,प्रदेश कमिटी सदस्य भानु ढकाल,अछाम अध्यक्ष कृष्ण बहादुर बुढा,उपाध्यक्ष आकांक्षा सिंह,सचीव कमल कुमार रावल,सह सचीव चन्द्र प्रसाद भाट,कोशाध्यक्ष मन्जु जैशी,कार्यसमिति सदस्य इशरा भण्डारी थापा,गोकुल ठकुल्ला,पवन खत्री लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post