काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन् ।
अदालतको इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले नेपालको बयान लिन थालेका छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।
Discussion about this post