५ फागुन, अछाम : अछामको कमलबजार नगरपालिका ५ को कार्यालयले वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही हरुलाई प्रभु बैंक कमलबजार शाखाको सहजिकरणमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
वडाका अशक्त, अपाङ्ग,जेष्ठ नागरीकहरुलाई सजिलो होस् भन्ने उदेश्यले घरमै पुगेर भत्ता वितरण गरीएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले फरक खबरलाई जानकारी दिए । लाभग्राहीहरु कमलबजारमा रहेको बैंक शाखामा पुगेर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने भएपछि उनिहरुलाई घरमै पुगेर वितरण गरीएको अध्यक्ष तिमिल्सैनाले बताएका छन ।
नागरीकहरुलाई स्थानीय सरकारको अनुभूति हुने गरी आफूले काम गरिरहेको उनको भनाई छ । नागरीकहरुलाई कसरी सरह र सहज रुपमा सेवा उपलब्ध गराउन सकिन्छ, सोही अनुरुप काम गर्नेे आफ्नो उदेश्य रहेको तिमिल्सैनाले बताए ।
वडाले घरमै भत्ता ल्याईदिँदा आफूहरुलाई निकै सजिलो भएको लाभग्राही प्रसादे जैशीले बताउनुभयो । कमलबजार पुगेर ल्याउन सक्ने आफूहरुको अवस्था नभएका बेला वडाले घरमै भत्ता ल्याईदिनुले स्थानीय सरकारको महसुस भएको उनको भनाई छ ।
Discussion about this post