काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन्।
दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्। फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्।
दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो। उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन। अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन्।
Discussion about this post