काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post