चन्द्र दृष्टि, अछाम । दुबै मृगौलाले काम गर्न छाडेपछि जटिल स्वास्थ्य समस्यामा रहेका सुदूरपश्चिमका देउडा गायक राजराम भाटलार्य यतिबेला आथिर्तक समस्याले झेलेको छ । लामो समय देउडा क्षेत्रमा एकछत्र राज गरेका गायक राजाराम यतिखेर स्वास्थ्य समस्याले थला परेका छन । उनलाई हिँडडुल गर्न अर्काको सहयोग चाहिन्छ । मृगौला पीडित राजारामको उपचारका लागी अहिले देश तथा विदेशबाट आर्थिक संकलनको अभियानहरु समेत सञ्चालन भएका छन ।
उनको उपचारका लागी राजाराम बचाउ अभियान अन्तरगत अछामको कमलबजार नगरपालिका वडा नः ७ सेरा कवालेखमा रहेको कवालेख आधाभूत विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आर्थिक सहयोग पठाएका छन । पीडित राजारामको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले शिक्षक तथा कर्मचारी बाट आर्थिक संकलन गरि पठाइएको विद्यालयका प्रधानाध्यापक मोतिराम भाटले फरक खबरलाई जानकारी दिए ।
आर्थिक सहयोग अन्तरगत विद्यालयका प्रधानाध्यापक मोतिराम भाट बाट १ हजार १ सय ५१, शिक्षक ललित बहादुर बोहरा बाट १ हजार, धनराज विक बाट १ हजार , रत्ना खनाल बाट ५ सय, गोविन्द प्रसाद ढकाल बाट ५ सय, मदन बहादुर विक बाट ५ सय , रुप बहादुर भण्डारी बाट ५ सय र कर्मचारी भरत बहादुर कठायत बाट ५ सय गरी कुल ५ हजार ६ सय ५० रुपैयाँ आर्थिक सहयोग पठाइएको हो ।
आर्थिक समस्याका कारण गायक राजाराम अहिले अस्पतालको शैयामा छट्पटि रहेका छन । आफ्नजो जीवन रक्षाका लागी सक्दो सहयोग गरिदिन उनले सबैमा आग्रह समेत गरेका छन । आफू पहिलेकै अवस्थामा आउन चाहेको भन्दै उनले स्वस्थ भएर फर्किए फेरी देउडालाई एकपटक उजागर गर्ने बताएका छन ।
Discussion about this post