काठमाडौं । एउटा आमा बिरालोले आफ्नो बिरामी बच्चा बोकेर अस्पताल पुगेको तस्बिर सामाजिक सञ्जालमा आएपछि मानिसहरु आश्चर्यमा परेका छन् । गत अप्रिल २७ मा ट्वीटमा बिरालोले बिरामी बच्चा बोकेर अस्पताल पुगेको तस्बिर सार्वजनिक भएको थियो ।
मानिसलाई उपचार गर्ने अस्पतालमा बिरालोले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको बच्चा बिरालो बोकेर पुगेपछि अस्पतालमा कार्यरत चिकित्सकहरु नै आश्चर्यमा परेका थिए । यो घटना टर्किको हो । बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले यस घटनाका विषयमा जानकारी दिएको हो ।
बिरालोले बच्चा बोकेर अस्पताल पुगेको तस्बिरसँगै ट्वीटरको क्याम्सनमा लेखिएको छ । आज अस्पतालको आपतकालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बिरामी बच्चा बोकेर ल्यायो।’
बिरालो मानिसको उपचार गर्ने अस्पताल पुगेपछि अस्पतालमा पशु डाक्टर बोलाएर बिरालोको स्वास्थ्य अवस्था जाँच गरिएको बताइएको छ । हाल आमा र बच्चा दुबै बिरालोको अवस्था सामान्य रहेको बताइएको छ । एजेन्सी
Discussion about this post