कमल रावल बैशाख १३ अछाम : मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले खेलमैदान व्यवस्थाका लागि आफू प्रतिबद्धता अनुसार अघि बढ्ने बताउनु भएको छ । आफ्नो पहिलो कार्यकालको प्रतिबद्धता अनुसार अझै खेलाडीको लागि उचित मैदान हुन नसकेको बताउँदै आगामी दिनमा पूरा गर्दै जाने बताए ।
मङ्गलसेन नगरपालिका वडा नम्बर ९ तोल्यानमा आजबाट सुरु १४ औं जिल्ला स्तरीय एव शुभकामना कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै वलिगाँउका युवा क्रिकेट प्रति निकै लगनशील भएको बताउँदै खेलमैदानमा लागि उचित जग्गा उपलब्ध भएमा तुरुन्तै निर्माणका लागि पहलकदमी थाल्ने प्रतिबद्धता जनाए । खेल अवधिभर हरेक खेलाडीलाई अनुशासनको दायरमा रहेर खेल प्रदर्शन गर्न सुझाव दिए ।
मङ्गला विकास विकास क्लबको आयोजना तथा कृष्ण वीर स्मृति युवा क्लबको सह आयोजनामा भएको प्रतियोगितामा विशिष्ट अतिथि नेकपा एमाले अछामका सचिव भिम बहादुर रावल कालो टोपिले खेल क्षेत्रको विकासमा पार्टीको तर्फबाट नियमित पहल कदमी भइरहेको बताउनु भयो । खेलले समाज, राष्ट्रलाई चिनाउने भएकाले त्यही दायरमा रहेर खेल प्रदर्शन आग्रह गरे ।
मङ्गला विकास क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस मङ्गलसेन नगरसभापति झपट बहादुर रावल, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पुरन बहादुर रावल, मङ्गलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा, मङ्गला नेरा माविका सहायक प्रधानाध्यापक धर्म बहादुर रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लबका सचिव श्यामसुन्दर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कमल रावलले गर्नु भएको हो ।
प्रतियोगिता सफल पार्न मङ्गलसेन नगरपालिका, वडा नम्बर ९, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा मंगलसेन , विद्यालय, जिल्ला स्थित स्टेसनरी, कम्प्युटर पसल, किराना पसल लगायतको सहयोग रहेको छ ।
Discussion about this post