जेठ, ३० अछाम । चम्किलो घाम उज्यालो बस्ती भन्ने नारालाइ सफल पार्न चौरपाटीको कार्यक्रमलाई सफल बनाउनका लागि बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र बाट आएको सोलार बितरण गरेको छ ।
चौरपाटी गाउँ पालिकाकाको पहलमा गाउँ पालिकाका ७ वटै वडामा ४५ सेटका दरले सोलार वडा नम्बर ४ पायलमा वडा नम्बर ५ लुग्रा वडा नम्बर ६ दुनि र वडा नम्बर ७ मार्कुमा बितरण गरेको प्रमुख प्रशासकीय प्रमुख गणेश प्रसाद जैशी ढुंगानाले बताउनु भयो ।
सोलार बितरण कार्यक्रममा बोल्दै चौरपाटी गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले सामाजिक आर्थिकरूपमा पिछडिएका जनतालाई लक्ष्यित गरि सोलार बितरण गरिएको बताउनु भयो ।
बिधुत प्रशारण लाइन पुग्न नसकिने बस्ती र बिधुतिकरण भएको बस्तीमा आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई सजिलोसँग उज्यालोको पहुच पुगाउने उदेश्यले सोलार बितरण गरिएको उपाध्यक्ष कुवरले बताउनु भयो ।
सोलार बितरण कार्यक्रममा चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलका वडा अध्यक्ष हर्क लुहार वडा नम्बर ५ लुग्राका वडा अध्यक्ष टेकबहादुर खड्का वडा नम्बर ६ दुनिका वडा अध्यक्ष मने साउद वडा नम्बर ७ मार्कुका वडा अध्यक्ष गणेशबहादुर बोगटी लगएत जनप्रतिनिधिको सहभागिता रहेको थियोे ।
चौरपाटि गाउँ पालिकाले चम्किलो घाम उज्यालो बस्तिको नारा तय गरि सरोकारवाला संगको छलफल गरि माग गरेपछि बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको अनुदानमा सोलार बितरण गरिएको थियोे ।
Discussion about this post