सुदूर सम्वाददाता,अछाम : जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना चढ्ने गाडी निषेधाज्ञाकोसमयमा खसि ओसार्न प्रयोग भएको छ ।
आज शनिबार मंगलसेन बजारमा खसि बोकेको तस्बिर बाहिरीएपछि अहिले जिल्ला प्रशासन कार्यालय अछामको चर्को आलोचना सुरु भएको छ ।
कोरोनाको महामारीका बेला जनतालाई सेवा दिनुको साँटो सार्बजनिक बिदाका दिन जिम्मेवार सरकारी कर्यालयको सवारी दुरुपयोग भएको भन्दै आलोचना भएको हो ।
तिमिल्सैना चढ्ने जिल्ला प्रशासन कार्यालय अछामको बा २ झ ५१ नम्बरको सरकारी गाडीमा आज बिहान ११ बजे खसी बोक्दै गरेको भेटिएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा सार्बजनिक भएको हो ।
लकडाउनमा कुनैपनि सवारी अनुमतिबिना सञ्चालन गर्न नपाईने र सरकारी सवारी साधन सार्बजनिक बिदाका दिन सञ्चालन गर्न नपाईने नियम जिल्ल प्रशासनले नै बनाएको र सोहि कानुनको उल्लँघन जिल्ला प्रशासन कार्यालय बाट भएको भन्दै सर्बसाधारण नागरीकहरुले बिरोध गरेका छन ।
सर्बसाधारण नागरीकहरुलाई सामान्य गल्तीमा पनि कारबाहि गर्ने तर जिम्मेवार सरकारी कार्यालय बाट यस्तो हुनु दुख भएको भन्दै कारबाहिका लागी माग समेत गर्दै आएका छन ।
शनिवार खसी बोक्दै गरेको अवस्थामा भेटिएको गाडीबारे बुझ्दा जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन तिमिल्सैनाले भने गाडीमा खसी बोकेको बिषयमा आफूलाई जानकारी नभएको दाबि गरेका छन ।
आफू कार्यालयको कामको सिलसिलामा साँफेबगरमा रहेको बताउनु भएका तिमिल्सैनाले कार्यालयको कामकाजका लागी उक्त गाडी जुनसुकै कर्मचारीले प्रयोग गर्ने गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले सवारी चालकलाई सचेत गराएको बताएका छन्।
यस बिषयमा रेडियो गाउँघर संग कुराकानी गर्दै अनेरास्वबियूका केन्द्रीय सदस्य सिद्ध प्रसाद ढुंगानाले बजार अनुगमनका नाममा सहायक प्रमुख जिल्ला अधिकारीले नागरीकमा गर्ने ब्यवहार सभ्य नभएको आरोप लगाउनु भएको छ ।
कानुनबारे जनतालाई सिकाउनुपर्ने ब्यक्ति आफै कानुन बिपरीत हिड्ने गरेको भन्दै उहाँले यस्तो गतिबिधि रोक्नुपर्ने बताएका छन । सहायक प्रमुख जिल्ला अधिकारी अछाममा आएदेखि जनताहरुले दुःख पाईरहेका पनि उनको भनाई छ ।
आफु अगाडी नै साँफेबगर गएको भन्ने उनको भनाईको खण्डन गर्दै ढुंगानाले आज बिहान बजारबाट खसि बोकेर गाडी प्रशासन गएको र सोहि सवारी ११ बजेपछि आफैले चलाएर तिमिल्सैना साँफेबगर गएको आफुले प्रत्यक्ष देखेको उनको भनाई छ ।
Discussion about this post