असोज १७,कञ्चनपुर : गत आइतबार कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुलको पिल्लरमा चढेर असफल आत्महत्या प्रयास गरेकी युवती पुनः पिल्लरमा चढेकी छिन्। उक्त दिन उनले मोबाइल फोनमार्फत हाम फाल्ने भन्दै आफन्तलाई धम्की दिइरहेकी थिइन्। पछि उनका आफन्तले फकाएर पिल्लरबाट तल झारेका थिए।
तर आज आइतबार फेरि उनी पुलको तेस्रो ठुलो टावरमा देखिएकी छिन्। बिहानै टावरको टुप्पोमा देखिएकी उनी योगा गरिरहेको अवस्थामा देखिएकी हुन्।
भीमदत्त नगरपालिका–६ ऐठपुर घर भएकी ती युवतीको माइत दोधारा चाँदनी नगरपालिका ५ कुमैयाखेडा हो। प्रहरी र स्थानीयले टावरबाट तल आउन आग्रह गर्दा उनले तलबाट सबैलाई हटाएपछि साँझ ६ बजे आफै ओर्लिने बताएको युवतीका भाई मनोज भण्डारीले बताए। मानसिक अवस्था ठिक नभएको बताइएकी ती युवतीले दोधारा हेल्थपोष्टमा पसल सञ्चालन गरिरहेकी थिइन्। दिनेश खबरबाट
Discussion about this post