सुदूर सम्वाददाता,मंसिर २२,अछाम : नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको बताउनुभएको छ ।
सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।
चितवन महाधिवेशनमा पछि पहिलो पटक अछाम पुग्नुभएका नेता रावलले एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको बताउनुभयो ।
उहाँले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताउनुभयो ।
Discussion about this post