सुदूर समाचारदाता दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले करार तथा ज्यालादारी कर्मचारीहरुलाई श्रावण १ गतेदेखि लागुहुने गरि कामकाजमा नआउन निर्देशन दिएको छ ।
नगरपालिकाको यहि असार २७ गते बसेको कार्यपालिको बैठकले गरेको निर्णय अनुसार करार तथा ज्यालादारी कर्मचारीहरुलाई काम गर्न नदिने निर्णय गरेको हो ।
नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
सुचनामा भनिएको छ,यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’
र यो पनि….
यस्तै कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित शिवालय गाउँपालिकाले पनि करारसेवामा कार्यरत कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गतेको कार्यपालिका बैठकबाट भएको निर्णयलाई बुधबार सार्वजनिक गर्दै गाउँपालिकाले यस्तो बताएको हो ।
आवश्यकता र औचित्यका आधारमा पछि निर्णय गरिने बताउँदै गाउँपालिकाले अहिले कार्यरत सबै करारका कर्मचारीलाई कामकाजमा रोक लगाउन निर्देशन दिइएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो ।
Discussion about this post