Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

नेपालको इतिहासमै ९९ प्रतिशत समर्थन पाउने पहिलो प्रधानमन्त्री बने प्रचण्ड

70
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज मङ्गलवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे । 

मतदानमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा दुई सय ६८ मत खसेकाे हाे । त्यस्तै उहाँकाे विपक्षमा दुई मत खसेकाे छ । आज दुई सय ७० सांसद उपस्थित थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभामा भएको मत विभाजनअनुसार प्रचण्डले दुई सय ६८ जना सांसदको मत पाउनुभएको छ ।

दुई सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत  लिनुभएको हो ।  

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री पनि बन्नुभएको छ ।

आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा र नेताहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले भने प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राख्नुभएको छ । फरक मत राखे पनि पार्टीले जारी गरेको ‘ह्विप’ का कारण उहाँहर”ले प्रचण्डलाई नै मत दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिनुभएन । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ । उज्यालो बाट 

Previous Post

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

Next Post

जाल्पादेवि मा.वि.को २० औँ अभिभावक भेला सम्पन्न

Next Post

जाल्पादेवि मा.वि.को २० औँ अभिभावक भेला सम्पन्न

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal